६ पुस २०८१ शनिबार
image/svg+xml
खेल

दोस्रो रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई

विजयादशमीको अवसर पारेर म्याग्दीको बेनी नगरपालिका-२ स्थित रिभरसाइड बगरफाँट युवा क्लबले आयोजना गरेको ‘दोस्रो रिभरसाइड सेभेन ए साइड खुला फुटबल प्रतियोगिता’को उपाधि वान्टेड समूहले जितेको छ।

बिहीबार सम्पन्न प्रतियोगिताको फाइनलमा वान्टेडको ए समूहले वान्टेड बि समूहलाई १-२ गोल प्रहार गर्दै उपाधि जितेको हो। एउटै क्लबका दुई टिमबीचको खेलसँगै वान्टेड समूहले पहिलो र दोस्रो पुरस्कार क्रमशः एक लाख एक हजार १० नगद, द्वितीय पुरस्कार ५० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

प्रतियोगिताका विजेतालाई वडाध्यक्ष यामबहादुर कार्कीसहित स्थानीय राजनीतिक दलका प्रतिनिधिसहितको उपस्थितिमा पुरस्कार वितरण गरिएको थियो। असोज १७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ३४ टिम सहभागी भएका सहसचिव सचिन कार्कीले बताए।

प्रतियोगिताको समापनमा क्लबका अध्यक्ष सुनील थापाले पछिल्लो समय बगरफाँटका युवा सङ्गठित भई खेलकुदका साथै अन्य सामाजिक, गाउँलाई पर्यटकीय गाउँ बनाउने अभियानका साथै जनचेतनामूलक काममा सक्रिय भइरहेका बताए। आगामी दिनमा प्रतियोगिता र अन्य कामलाई निरन्तरता दिइने उनले बताए।  

प्रकाशित: २५ आश्विन २०८१ १०:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App