२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

महिला टी-२० विश्वकप: भारत र श्रीलंका अनि साउथ अफ्रिका र स्कटल्यान्ड भिड्दै

आईसीसी महिला टी-२० विश्वकप क्रिकेटमा बुधबार साउथ अफ्रिका र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। खेल अपराह्न ३ः४५ बजे दुबईमा सुरु हुनेछ।  

समूह 'बी' मा रहेको साउथ अफ्रिकाले २ मा एक जित निकालेको छ भने समान खेलबाट स्कटल्यान्डले अंक जोड्न सकेको छैन। अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न बुधबार दुवैलाई जित आवश्यक पर्नेछ।  

हारले स्कटल्यान्ड समूह चरणमै रोकिने छ भने पराजित भए साउथ अफ्रिकालाई समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशलाई पराजित गर्दै अन्य खेलको नतिजासमेत कुर्नु पर्नेछ।  

समूह 'बी'मा इंल्यान्डको चार तथा वेस्ट इन्डिज र र बंगलादेशको समान २ अंक छ।  

बुधबार नै हुने दोस्रो खेलमा भारत र श्रीलंका आमने सामने हुनेछन्। प्रतिस्पर्धा राति ७ः४५ बजे दुबईमा सुरु हुनेछ।

समूह 'ए'मा रहेको भारतले दुई खेलमा एकमा मात्र जित निकालेको छ भने श्रीलंका अंकविहीन छ। समान खेलबाट समान २ अंक जोडेका पाकिस्तान र न्युजिल्यान्ड रनरेटमा अघि रहँदै क्रमशः दोस्रो र तेस्रो स्थानमा छ।

शीर्ष स्थानमा रहेको अस्ट्रेलियाले दुवै खेलमा जित निकालेको छ।

प्रकाशित: २३ आश्विन २०८१ १४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App