१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

लुम्बिनीको कन्सल्ट्यान्ट प्रशिक्षकमा गौचन

नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइजी लुम्बिनी लायन्सले नेपाली राष्ट्रिय टोलीका पूर्वअलराउन्डर शक्ति गौचनलाई कन्सल्ट्यान्ट प्रशिक्षकको नियुक्त गरेको छ।

४० वर्षीय गौचनले रूपन्देहीमा क्रिकेट एकेडेमी सञ्चालन गरिरहेका छन्। नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्न महŒवपूर्ण भूमिका निर्वाह गरेका उनले सोही एकेडेमीबाट कुशल मल्ल र सुशान्त भारीजस्ता खेलाडी उत्पादन गरिसकेका छन्। लुम्बिनीको कन्सल्ट्यान्ट प्रशिक्षकमा आबद्ध हुन पाउँदा आफू निकै उत्साहित रहेको उनले सुनाए।

‘यो क्लबले धेरै सम्भावना बोकेको छ। खेलाडीहँग मिलेर राम्रोसँग प्रशिक्षाण गरी हाम्रो उद्देश्यको निम्ति काम गर्ने चाहना छ। लुम्बिनी लायन्सले नेपाली क्रिकेटको गौरव र लगावलाई प्रतिनिधित्व गर्दछ। र यस यात्राको एक हिस्सा हुन पाउँदा म निकै खुसी छु,’ उनले भने।

त्यसै गरी लुम्बिनी लायन्सका चेयरम्यान ईश्वर जिसीले गौचन धेरै युवा खेलाडीका लागि प्रेरणाको स्रोत रहेको बताए। फिल्डभित्र र बाहिर क्रिकेटलाई बुझेका कारण त्यो ज्ञानले आफ्नो टोलीलाई नयाँ उचाइमा पुर्‍याउने उनले बताए।

प्रकाशित: २० आश्विन २०८१ ०९:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App