१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

टेबलटेनिस टोलीको बिदाइ

नेपालका दुई खेलाडीले काजकिस्तानमा हुने २७औं एसियाली टेबल टेनिस च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्। आगामी असोज २१ देखि २७ गतेसम्म अस्तानामा उक्त च्याम्पियनसिप हुँदै छ।

सोही च्याम्पियनसिपमा दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोलीले सहभागिता जनाउने भएको हो। त्यसका लागि नेपाली टोली शनिबार नै अस्ताना जाँदै छ। पुरुषमा संयोग कपाली र महिलामा इभाना थापाले उक्त च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन्।

उनीहरूले सिंगल्स र मिक्स डबल्समा प्रतिस्पर्धा गर्नेछन्। उनीहरूको प्रशिक्षकमा मोहनदास वासुकला छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ र अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमालले शुक्रबार एक कार्यक्रमबीच नेपाली टोलीको बिदाइ गरेका थिए।

प्रकाशित: १९ आश्विन २०८१ ०७:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App