१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

महिला टी-२० विश्वकप : बंगलादेशको विजयी सुरुवात

बंगलादशले आईसीसी महिला टी- २० विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । यूइईमा बिहीबार सुरु विश्वकपको उद्घाटन खेलमा स्कटल्यान्डलाई १६ रनले पराजित गर्दै बंगलादेशले पहिलो खेलमै अंकको जोडेको हो ।  

सारजहामा बंगलादेशले दिएको १२० रनको मध्यम लक्ष्य पछ्याएको स्कटल्यान्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर १०३ रनमात्र बनाउन सक्यो । उसका लागि साराह ब्रिसले ४९ रन बनाए पनि टोलीलाई जित भने दिलाउन सकिनन् । रितु मोनीले बंगलादेशका लागि २ विकेट लिइन् ।  

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ७ विकेट गुमाएर ११९ रन बनाएको थियो । बंगलादेशका लाग सोभना मोस्तरीले ३६ र साथी रानीले २९ रन बनाएकी थिइन् । सस्किया होर्लेले बंगलादेशी तीन ब्याटरलाई पवेलियनको बाटो देखाइन् ।  

विश्वकपमा बिहीबार नै पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । 

प्रकाशित: १७ आश्विन २०८१ १८:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App