१६ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

दोस्रो शलेस नकआउट फुटबलः बेलसोत विजयी

उदयपुरको कटारीमा भईरहेको ‘दोस्रो शलेस नकआउट फुटबल प्रतियोगिता २०८१’ नेपाली सेनाको पशुपति गण अन्तर्गत बेलसोत र नेपाल प्रहरी विजयी भएको छ।

मङ्गलवबार भएको खेलमा नेपाली सेनाको पशुपति गण अन्तगत बेलसोतले डाईमण्ड फुटबल क्लव हर्षाही दुधौलीलाई ३–० गोलले पराजित गर्दै जित हात पारेको हो।

स्थानीय स्वर्गीय पशुपति गिरीको स्मृतिमा उनको परिवारको प्रायोजनमा कटारी नगर ५ भोर्लेस्थित विद्यालय खेलमैदानमा जारी प्रतियोगिताको साँतौ खेलमा सेना विजयी भएको हो। मंगलबारको खेलमा म्यान अफ द म्याच पनि सेनाकै झलक बुढाथोकी घोषित भए।

आयोजक शलेस युवा क्बलका अध्यक्ष देवान बुढाथोकीका अनुसार यसअघि भएको खेलमा सिन्धुलीकै बागमती प्रदेश प्रहरी तालिम केन्द्र विजयी भएको छ।

प्रहरीले टाईव्रेकरमा च्याँगा फुटबल क्लव कटारी ३ लाई ५–४ को गोल गर्दै विजयी भएको हो। निर्धारित समायमा दुवैपक्षबाट समान २–२ गोल बराबरी भएपछि नतिजा निकाल्न टाईपव्रेकरको सहारा लिनु परेको हो। आइतवार म्यान अफ द म्याच प्रहरीकै गोलरक्षक अनिल तामाङ घोषित भए।

विजेता टोलीले नगद ७१ हजार १ रुपैंयाका साथमा, ट्रफि, सिल्ड, मेडल र प्रमाणपत्र हात पार्ने छ भने उपविजेताले नगद ५१ हजार १ रुपैंयाका साथ सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबले जनाएको छ।

प्रतियोगिता उदयपुर र सिन्धुलीका गरी १६ खेल समूहको सहभागिता रहेको छ। आउँदो २३ असोजसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो चरणको अन्तिम खेल बुधबार दुधौली स्पोर्टस क्लव सिन्धुली र खैरेनी फुटबल क्लव कटारीबीच प्रतिस्पर्धा हुनेछ। 

प्रकाशित: १६ आश्विन २०८१ १०:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App