१६ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

एभरेस्ट महिला भलिबल लिग : काठमाडौ स्पाईर्कसद्धारा चितवन शक्ति पराजित

एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा काठमाडौ स्पाईर्कसले पहिलो खेल जितेको छ ।

पहिलो संस्करणको आज मंगलबार दोस्रो दिनको खेलमा  काठमाडौले चितवन शक्तिलाई प्रतिस्पर्धात्मक खेलमा ३ -१ को सेटले हराउन सफल भएको हो ।

राष्ट्रिय खेलकुद परिषद्को कवर्डहलमा भएको प्रतिस्पर्धात्मक खेलमा काठमाडौ पहिलो सेटमा  २१- २५ ले पराजित भए पनि लगातार २५  -१० , २५ -२२ र २५ -१७ बाट जित्दै विजयी भएको हो । यस अघि हिजो पहिलो दिन काठमाडौ स्पाईर्कस ललितपुर क्विन्ससंग ३–१ को सेटमा  हारेको थियो । पहिलो दिन चितवन शक्तिले गण्डकी थन्डर्सलाई पराजित गरेको थियो ।

दोस्रो दिनको तेस्रो खेल अन्र्तगत ललितपुर क्वीन्स र मधेस युनाइटेडबीच खेल हुनेछ । प्रत्येक फ्रेन्चाइज टोलीले एक मार्की, तीन विदेशी, एक ट्यालेन्ट हन्टबाट र १२ स्वदेशी गरी कुल १७ खेलाडी अनुबन्धित गरेका छन्।

सबै टोलीमा गरेर कुल १८ विदेशी खेलाडी छन्। लिगमा भारतबाट चार जना, टर्किए, रसिया र थाइल्यान्डबाट समान तीन तथा काजकिस्तान, ट्युनिसिया, बुल्गेरिया, अमेरिका र ग्रिसबाट समान एक विदेशी खेलाडीले प्रतिस्पर्धा गर्दै छन्। सबैले एकआपसमा खेलेपछि लिगमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधि भिडन्त गर्नेछन्। 

प्रकाशित: १५ आश्विन २०८१ २१:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App