१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

एभरेस्ट महिला भलिबल लिग : दोस्रो दिन तीन खेल हुँदै

एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को पहिलो संस्करणको आज मंगलबार दोस्रो तीन खेल हुँदैछ ।राष्ट्रिय खेलकुद परिषद्को कवर्डहलमा हुने खेलहरू दिनको ३ :४५ बजे गण्डकी थर्डस  र कर्णाली एसभिएस बिच खेल हुनेछ । त्यसैगरी ५ : ४५ बजे काठमाडौ स्पाईर्कस चितवन शक्तिबीच दोस्रो खेल हुनेछ । त्यसैगरी मंगलबार अन्तिम खेल ७ :४५ बजे ललितपुर क्वीन्स र मधेस युनाइटेडबीच हुनेछ । 

 यस अघि पहिलो दिन   गण्डकी थर्डसले चितवन शक्तिलाई ३- १ बाट , कर्णाली एसभिएसले  मधेस युनाईटेडलाई ३- १ बाट तथा ललितपुर क्वीन्सले काठमाडौ स्पाईकरलाई  ३- १ बाट हराएका छन् । 

प्रत्येक फ्रेन्चाइज टोलीले एक मार्की, तीन विदेशी, एक ट्यालेन्ट हन्टबाट र १२ स्वदेशी गरी कुल १७ खेलाडी अनुबन्धित गरेका छन्।सबै टोलीमा गरेर कुल १८ विदेशी खेलाडी छन्। लिगमा भारतबाट चार जना, टर्की, रसिया र थाइल्यान्डबाट समान तीन तथा काजकिस्तान, ट्युनिसिया, बुल्गेरिया, अमेरिका र ग्रिसबाट समान एक विदेशी खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। सबैले एक आपसमा खेलेपछि लिगमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधि भिडन्त गर्नेछन्। 

प्रकाशित: १५ आश्विन २०८१ १५:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App