१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

रग्बीको नो योर गेम्स कार्यशाला

नेपाल रग्बी संघ र एनएफजेएफ एकेडेमीको संयुक्त आयोजनामा एसिया इमिरेट्स रग्बी सेभेन्स ट्रफीको पूर्व सन्ध्यामा रग्बीको नो योर गेम्स कार्यशाला सोमबार लेमन ट्रि होटल, बुढानीलकण्ठमा सम्पन्न भएको छ ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्की सदस्य अन्जना मास्के, रग्बी संघका अध्यक्ष दीपक देवकोटा, वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी, महासचिव गोविन्द घिमिरे, नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरन्जन राजवंशी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्देश्य खेल पत्रकारहरूलाई रग्बी खेल बारे थप जानकारी दिनु रहेको आयोजकले जनाएको छ । कार्यक्रममा ३० जना खेल पत्रकारहरूको सहभागिता रहेको थियो । एसिया रग्बी अक्टोबर ४ देखि ५ तारिखसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।

प्रकाशित: १४ आश्विन २०८१ २०:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App