२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

इङ्ल्यान्डलाई पाकिस्तानको निम्तो

इस्लामाबाद – पाकिस्तानका आन्तरिक मामिला मन्त्री असन इकबालले इङ्ल्यान्डलाई इस्लामाबाद भ्रमणको निमन्त्रणा दिएका छन्।
इकबालले हालै वेस्ट इन्डिजको पाकिस्तान भ्रमण सफल भएको र यसले यहाँको सुरक्षा व्यवस्था सुध्रिएको सन्देश दिएको भन्दै सन् २००५ पछि इङ्ल्यान्डलाई पहिलो पटक भ्रमणको निम्तो दिएका हुन्।

इकबालले पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट पुनरागमनको वातावरण बनेको भन्ने सन्देश प्रवाह गर्न इङ्ल्यान्डजस्तो शीर्ष टेस्ट टोलीलाई बोलाइएको बताए।

‘हालै सम्पन्न वेस्ट इन्डिजको भ्रमणबाट पनि पाकिस्तानको सुरक्षा व्यवस्था सुध्रिएको प्रमाणत गर्छ,’ इकबालले भने।

सन् २००९ मा श्रीलंकन टोली चढेको बसमा भएको आतंककारी हमलापछि कुनै पनि ठूला राष्ट्रले टेस्ट र एकदिवसीय खेलका लागि पाकिस्तान भ्रमण गरेका छैनन् । गत वर्ष श्रीलंकाले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलका लागि पाकिस्तान भ्रमण गरेको थियो । पछिल्लो समय पाकिस्तानले घरेलु शृंखलाहरू युएइमा खेल्दै आएको छ।

इकबालले सन् २०१५ पछि जिम्बाब्वे, विश्व–११, श्रीलंकाको पाकिस्तान भ्रमण र पाकिस्तानी सुपर लिग (पिएसएल) को दुवै संस्करणको फाइनल इस्लामाबादमा सफलतापूर्वक सम्पन्न गराउनु तथा हालै वेस्ट इन्डिजले तीन अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाका पनि सफल भएकाले पाकिस्तानको सुरक्षा व्यवस्थाका बारेमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे।

प्रकाशित: २२ चैत्र २०७४ ०४:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App