१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

चुनौतीका बीच म्याराथन आयोजना

अविरल वर्षाका बाबजुद आयोजना भएको १६औं काठमाडौं म्याराथनको उपाधि न्युजिल्यान्डका जोनाह स्मिथले जितेका छन्।

आयोजक एनआरएस स्पोर्ट्स फाउन्डेसनले अविरल वर्षाका बीच चुनौती लिँदै शनिबार म्याराथन आयोजना गरेको थियो। वर्षाका समय चुनौती बन्ने गरेका काठमाडौंका सडकमा म्याराथन आयोजना गर्दै आयोजकले खेलाडीको जीवन नै जोखिममा राख्यो। विदेशी खेलाडीको सहभागिता पक्का भइसकेकाले पूर्वनिर्धारित समयमा नै म्याराथन सन्चालन गर्नुपरेको आयोजकको भनाइ छ। उक्त म्याराथन विजेता स्मिथले दुई घन्टा २१ मिनेट ४५ सेकेन्डमा दूरी पूरा गरेका हुन्।

पहिलो सहभागितामै स्मिथ च्याम्पियन बने। नेपालका नरेन्द्र रावल दोस्रो र १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता किरणसिंह बोगटी तेस्रो स्थानमा खुम्चिए।

नरेन्द्रले दुई घन्टा २३ मिनेट पाँच सेकेन्ड र किरणले दुई घन्टा ३१ मिनेट ४४ सेकेन्ड समय लगाए। हाफ म्याराथनतर्फ महिलामा एपिएफकी पुष्पा भण्डारी र पुरुषमा त्रिभुवन आर्मी क्लबका नरेन्द्र राउतले सफलता पाए। पुष्पाले एक घन्टा २८ मिनेट १४ सेकेन्डमा दूरी पूरा गरिन्। अन्ना स्टेफन दोस्रो र चारु अर्याल तेस्रो भए।

अन्नाले एक घन्टा ३७ मिनेट १३ सेकेन्ड र चारुले दुई घन्टा ४३ मिनेट १६ सेकेन्ड समय लगाए। नरेन्द्रले एक घन्टा १२ मिनेट ४ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जिते। राजेन्द्र तामाङ एक घन्टा १४ मिनेट दुई सेकेन्डका साथ दोस्रो भए। 

विज्ञान गुरुङले तेस्रो स्थान प्राप्त गर्दा एक घन्टा १६ मिनेट २६ सेकेन्ड समय लगाए। पाँच किलोमिटर खुला पुरुषमा नेपाल पुलिस क्लबका नागेश्वर ऐयरले सफलता पाए। उनले १८ मिनेट १३.१ सेकेन्डमा दौड पूरा गरे। पाँच किलोमिटर पुरुष मास्टर्समा च्याम्पियन राजु भण्डारीले २३ मिनेट ५३.६१ सेकेन्डमा दूरी पार गरे।

प्रकाशित: १३ आश्विन २०८१ ०८:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App