३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

एन्फा महिला लिग : कर्णालीद्वारा सुदूरपश्चिम पराजित

तस्बिर : एन्फा

एन्फा महिला लिग फुटबलमा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई हराएको छ ।

बुघबार एन्फा कम्प्लेक्स सातदोवाटोमा सम्पन दोस्रो खेलमा  कर्णाली प्रदेशले सुदूरपश्चिमलाई  ३- ० गोलले पराजित गरेको हो । मध्यान्तरसम्म कर्णाली १ -० गोलले अगाडि  रहेको थियो ।

कर्णाली प्रदेशका लागि २४ औ मिनेटमा भुमिका बुढाथोकीले गोल  गरेकी हुन । त्यसैगरी ६२ औं  मिनेटमा गरिमा राईले तथा ६३ औं वर्षा ओलीले समान एक गोल गरेकी हुन ।

यस अघि बुधबार भएको पहिलो खेलमा चन्द्रपुर नगरपालिका र नेपाल पुलिस क्लबबीचको खेल विना कुनै गोल बराबरीमा सकिएको  छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा  हिजो मंगलबार कोसी प्रदेशलाई ५–० गोलले हराउँदै आर्मी दोस्रो स्थानमा उक्लिएको छ ।विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब एन्फा महिला लिगको दोस्रो स्थानमा उक्लिएको छ ।मंगलबार नै भएको पहिलो खेलमा एपीएफले संकटा क्लबलाई ३–० गोलले पराजित गरेको थियो ।  

प्रकाशित: २ आश्विन २०८१ १७:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App