४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

लमही नगरपालिका-६ बेलदमारमा लमहीबाट घोराहीतर्फ जाँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा चालक घोराही उपमहानगरपालिका-१८ नवलपुर बस्ने २२ श्रवण कुमार पुन र मोटरसाइकलमा सवार अर्का सोही उपमहानगरपालिका-४ बस्ने २१ वर्षीय विनोद केसी हरेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ३ आश्विन २०८१ १७:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App