२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

पाकिस्तानलाई शृंखला

कराची – ओपनर बाबर आजमको उत्कृष्ट ब्याटिङ प्रेरित पाकिस्तानले सोमबार वेस्ट इन्डिजलाई ८२ रनले पराजित गर्दै तीन अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला जितेको छ।

यसअघि आइतबार सम्पन्न पहिलो खेलमा १ सय ४३ रनको विजयी नतिजा निकालेको  पाकिस्तानले यस जितपछि तीन खेलको शृंखलामा २–० को अग्रता लिएको हो।

आजमले अविजित ९७ रन बनाएपछि निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै पाकिस्तानले २ सय ५ रन बनाएको थियो । २ सय ६ रनको लक्ष्य पाएको वेस्ट इन्डिज १९.२ ओभरमा सबै विकेट गुमाउँदा १ सय २३ रनमै सीमित भयो । वेस्ट इन्डिजका ओपनर चाडविक वाल्टनले सर्वाधिक ४० रन जोडे पनि अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । कप्तान जेसन मोहम्मद १५ रनमा पाकिस्तानी बलर मोहम्मद आमिरको बलमा बोल्ड हुँदा दिनेश रामदिन २१ रनमा हुसेन तालतको बलमा हसन अलीबाट क्याच भए  । मार्लोस सामुइल्स १२ रन जोड्दै पवेलियन फर्किंदा केमो पाउल १७ रनमा आउट भए।

वेस्ट इन्डिजलाई सस्तैमा सीमित गर्ने क्रममा पाकिस्तानका आमिरले सबैभन्दा बढी ३ विकेट लिए भने साडब खान र हुसेन तालतले समान २–२ विकेट हात पारे।

कराचीस्थित राष्ट्रिय रंगशालामा पाकिस्तानले टस जितेर पहिला ब्याटिङ गरेको थियो । ११ रन जोड्दा ओपनर फकर जमानलाई ६ रनमै गुमाउँदा सुरुआती दबाबमा परे पनि हुसेन तालातले अर्का ओपनर आजमसँग दोस्रो विकेटका लागि १ सय १९ रनको साझेदारी गरेर पाकिस्तानको इनिङ  सम्हालेका थिए । ४१ बल खेलेका तालतले ८ चौका र १ छक्काको मद्दतमा ६३  रन जोडेका थिए भने असिफ अली १७ र बाबर अजाम ९७ रनमा अविजित रहे।

‘टोलीको रणनीतिअनुसार मैले २० ओभर नै टिक्नुपर्ने थियो,’  बाबरले भने, ‘मेरा लागि शतक पूरा गर्नुभन्दा पनि टोलीको योगफल बढाउनु महत्वपूर्ण थियो।’

‘यो अर्को निराशाजनक प्रदर्शन हो’, वेस्ट इन्डिजका कप्तान जेसन मोहम्मदले भने, ‘हामीले आक्रामक फिल्डिङ गर्दै विकेट पनि छिट्टै लिएका थियौं । आशा गरौं अन्तिम खेलमा विजयी भएर घर फर्किनेछौं।’ ‘मेरा लागि शतक पूरा गर्नुभन्दा पनि टोलीको योगफल बढाउनु महत्वपूर्ण थियो।’

प्रकाशित: २१ चैत्र २०७४ ०३:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App