१५ पुस २०८१ सोमबार
image/svg+xml
खेल

स्पोर्ट्स अवार्डलाई केल्मीको साथ निरन्तर

खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०८०’ को २१औं संस्करणका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीको नेपालको आधिकारिक बिक्रेता कामरु ट्रेडिङ प्रालिसँग सहप्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ।  

भदौ २८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने स्पोर्ट्स अवार्डको सहप्रायोजनका लागि मञ्चका महासचिव प्रज्वल ओली र कामरु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरे। कामरुका निर्देशक न्यौपानेले स्पोर्ट्स अवार्डसँग पुनः सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै नेपाली खेलकुदको विकास र प्रवद्र्धन कार्यमा आफ्नो तर्फबाट निरन्तर सहयोग रहने बताए। कामरु ट्रेडिङ प्रालि अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीबाट उत्पादित सामग्रीको बिक्री–वितरण गर्ने नेपालको आधिकारिक संस्था हो।

सह–प्रायोजक बनेवापत केल्मी नेपालले अवार्डमा मञ्चका सदस्यका लागि केल्मी ब्रान्डको पोसाक उपलब्ध गराउनेछ।

प्रकाशित: २६ भाद्र २०८१ ०८:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App