१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

इङ्ग्ल्यान्डका अलराउन्डर मोइनले छाडे अन्तर्राष्ट्रिय क्रिकेट

तस्बिर : बीबीसी

इङ्ल्यान्डका अलराउन्डर मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् ।  

यही महिना हुने अस्ट्रेलियाविरुद्धको सिरिजका लागि इंङ्लिस टोलीमा नपरेपछि उनले अन्तर्राष्ट्रिय क्रिकेट छाडेका हुन् । ३७ वर्षे मोइनले सबै फर्म्याटको अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने घोषणा गरेका हुन् ।  

इङ्ग्ल्यान्डका लागि सन् २०१४ देखि २०२४ सम्म मोइनले २९८ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । अफ स्पिनर मोइनले इंग्ल्यान्डका लागि ६८ टेस्ट, १३८ एकदिवसीय र ९२ ट्वान्टी- २० खेलेका छन् ।  सन् २०२१ मा अन्तर्राष्ट्रिय टेस्टबाट सन्यास लिएपनि मोइन २ वर्षपछिको एसेसमा इंग्ल्यान्ड टिममा फर्किएका थिए ।  

सन् २०१४ मा वेस्ट इन्डिजविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका उनले ६ हजार ६ सय ७८ अन्तर्राष्ट्रिय रन बनाउनुका साथै ३ सय ६६ विकेट लिएका छन् । उनले सिनियर पुरुष टोलीबाट सन् २०१९ को क्रिकेट विश्वकप र २०२२ को टी- ट्वान्टी विश्वकप जितेका थिए । 

उनी यही वर्ष भएको आइसिसी पुरुष टी ट्वान्टी विश्वकपमको स्क्वाडमा पनि थिए । 

प्रकाशित: २३ भाद्र २०८१ १८:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App