एन्फा महिला लिग फुटबल अन्र्तगत बुधबार सम्पन खेलमा त्रिभुवन आर्मी क्लब बिजयी भएको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई ४- ० गोलले हराएको हो ।
खेलको २२ औं मिनेटमा आर्मीले सावित्रीदेवि मगरको गोलबाट शुरुमै अग्रता लियो । चन्द्रा भण्डारीले दिएको बललाई सावित्रीले करिव ६ यार्डनजिकबाट गोल गरेकी हुन् । त्यससँगै आर्मी छिट्टै १–० ले अगाडि रह्यो । दबाब बनाइरहेको आर्मीले एकपछि अर्को अवसर बुन्यो । तर पहिलो हाफमा गोल भने निस्किएन ।
दोस्रो हाफमा पनि विभागीय टोलीले दबाब बनायो । ६० औं मिनेटमा विमला चौधरीले अर्को गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाइन् । चन्द्रा भण्डारीले संकटाका गोलकिपर र डिफेन्डरलाई बिट गर्दै दिएको पासमा विमलाले सहजै गोल गरिन् । ७१ औं मिनेटमा आर्मीले तेस्रो गोल ग¥यो । विमलाले चौधरीको कर्नर प्रहारमा संकटाका डिफेन्डर सजक नहुँदा सीधै गोलमा परिणत भएको हो । विमलाको प्रहार अनुसा थेबेले रोक्न खोज्दा जाली चुम्यो । आर्मीले ७७ औं मिनेटमा टोलीको अग्रता ४–० मा पुर् यायो ।
यस अघि मंगलबार भएका दुवै खेल बराबरीमा सकिएका थिए । एपीएफ र नेपाल पुलिस क्लबबीचको खेल विना गोल तथा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशबीचको खेल एक एक गोल भई बराबरीमा सकिएको थियो ।
विहिबार बागमती युथ क्लब र कोशी प्रदेशबीच मध्यान्ह १२ : ३० मा तथा वालिङ नगरपालिका र कर्णाली प्रदेशबीच ४ : १५ मा एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल हुनेछ ।
प्रकाशित: १९ भाद्र २०८१ १७:०८ बुधबार