२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
खेल

भारतलाई हराउँदै बंगलादेश साफ यू–२० च्याम्पियनसिपको फाइनलमा

बंगलादेश साफ यू–२० च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन भारतलाई टाइब्रेकरमा हराउँदै बंगलादेश फाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ को बराबरी खेलेपछि विजेताको टुङ्गो टाइब्रेकरबाट गरिएको थियो। जसमा बंगलादेशले टाइब्रेकरमा भारतलाई ४–३ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित बनाएको हो । 

अव उपाधिका लागि आयोजक नेपाल र बंगलादेश विच खेल हुनेछ।आइतबार नेपालले भुटानलाई टाइब्रेकरमा ४- १ बाट हराउँदै फाइनलमा पुगेको हो। फाइनल खेल बुधबार हुनेछ । 

प्रकाशित: १० भाद्र २०८१ १७:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App