२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
खेल

सगरमाथा यूथ क्लब ताप्लेजुङ गोल्डकपको फाइनलमा

सगरमाथा यूथ क्लब दोस्रो ताप्लेजुङ गोल्डकपको फाइनलमा पुगेको छ । इञ्जुरी समयमा धकेलिएको खेलमा घरेलु मैदानमा सङ्घर्ष स्र्पोटिङ क्लब फुङलिङलाइ २–१ ले हराउँदै मोरङको सगरमाथा यूथ क्लब दोस्रो ताप्लेजुङ गोल्डकपको फाइनल प्रवेश गरेको हो।

यो संगै अब उसले दोस्रो सेमिफाइनलमा शनिवार आमेन–सामने हुँदै गरेका बिर्तामोड युनाइटेड फुटबल क्लब झापा र सिराहाको सलहेश यूथ क्लबको बिजेतासंग भदौ १० गते उपाधिका लागि  भिडन्त गर्ने छ। 

विजयी टिमका लागि दुबै गोल मिलन राईले गरेका थिए । उनी खेलका म्यान अफ दिन म्याच घोषित हुँदै नगद ५ हजार रुपैयाँ समेत प्राप्त गरे।सगरमाथा यूथ क्लबले  क्वाटर फाइनलमा नेपाल सुपर लिगको फ्रेन्चाइजी बुटवल लुम्बिनी एफसीलाई १–० ले हराएर सेमिफाइनल पुगेको थियो। 

प्रकाशित: ७ भाद्र २०८१ १७:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App