४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

साफ यू -२० भारतद्वारा भुटान पराजित

साफ यू -२० च्याम्पियनसिपको आफ्नो पहिलो  खेलमा भारतले विजयी  सुरुवात गरेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एष्ट्रो टर्फमा भएको खेलमा भारतले भुटानलाई १- ० गोलले हराउँदै सुखद सुरुवात गरेको हो ।भारतका लागि मोनिरूल मोल्लले गोल गरे । उनले खेलको ३७औँ मिनेटमा गरेको एक गोल नै भारतको लागि निर्णायक गोल सावित भयो । 
भोलि मंगलबार बङ्गलादेश र श्रीलङ्काबिच खेल हुनेछ । यस अघि आइतबार भएको उद्घाटन खेलमा श्रीलङ्का नेपालसँग १- ० गोलले पराजित भएको थियो । बंगलादेशको चाहि पहिलो खेल हो ।

सहभागी ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ। समूह ए मा नेपाल सहित बङ्गलादेश र श्रीलङ्का रहेका छन् । समूह बी मा भारत,माल्दिभ्स र भुटान रहेका छन् ।दुवै समूहबाट उत्कृष्ट २ टोली सेमिफाइनलमा पुग्ने छन् ।

प्रकाशित: ३ भाद्र २०८१ १७:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App