श्रीलङ्काका स्टार विकेटकिपर ब्याट्सम्यान निरोशन डिकवेला निलम्बनमा परेका छन्।
श्रीलङ्का क्रिकेट बोर्डले डोपिङसम्बन्धी नियमको उल्लङ्घन गरेको आरोपमा डिकवेलालाई निलम्बन गरेको हो।
डिकवेलाले हालै सम्पन्न लङ्का प्रिमियर लिगको क्रममा डोपिङसम्बन्धी नियम उल्लङ्घन गरेको आरोप लगाइएको छ। बोर्डले अर्को सूचना जारी नभएसम्म डिकवेला निलम्बनमै रहने पनि बताएको छ।
यसअघि सन् २०२१ म पनि अफ फिल्ड व्यवहारका लागि डिकवेला विवादमा परेका थिए।
३१ वर्षीय डिकवेलाले श्रीलङ्काका लागि ५४ टेस्ट, ५५ एकदिवसीय र २८ टी–२० खेल खेलका छन्।
प्रकाशित: २ भाद्र २०८१ १०:२८ आइतबार





