२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

आबुधाबीबाट नेपाली खेलाडीको बिदाइ

दक्षिण कोरियामा आयोजना हुने विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगिता २०२४ मा सहभागी हुन जाने नेपाली खेलाडीलाई युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षत्रीले बिदाइ गरेका छन्।आबुधाबीस्थित नेपाली राजदूतावासमा आयोजित एक कार्यक्रमबीच राजदूत क्षत्रीले सोमबार ७ गते युएईबाट प्रतिस्पर्धा गर्न जाने नेपाली खेलाडी तथा अफिसियलहरूलाई बिदाइ गरेका हुन् । 

खेलाडीहरूलगायत युएईका लागि कोरियाली तेक्वान्दो प्रशिक्षकलाई बिदाइ गर्दै राजदूतले सफलताको शुभकामना दिएका छन्। कोरियाको मुङयोङ सिटीमा जुलाई २६ देखि ३० सम्म हुने विश्व तेक्वान्दो हान्मादाङका लागि नेपाली खेलाडीहरूले गरेको तयारीका बारेमा कोरियन प्रशिक्षक नाम्हो क्वानले राजदूतलाई जानकारी गराएका थिए। 

प्रशिक्षक नाम्होले नेपाली खेलाडीहरू एकदम मेहनती रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोग पाएमा उनीहरूलाई अझै राम्रो गर्न हौसला मिल्ने उल्लेख गरेका थिए। युएईका पहिलो नेपाली तेक्वान्दो राष्ट्रिय रेफ्री तथा प्रशिक्षक जगन अधिकारीको नेतृत्वमा रहेको नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्‍यो।

प्रकाशित: ९ श्रावण २०८१ ०८:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App