नेपाललाई लगातार ओभरमा दोस्रो सफलता मिलेको छ। नेपालले दोस्रो विकेटको रुपमा ओपनर शेफाली वर्माको विकेट लिएको हो।
नेपालका लागि सीता राना मगरले १४ औं र १५ औं ओभरमा टिमलाई दुई विकेट दिलाएकी हुन्। वर्मा ४८ बलमा ८१ रन बनाएर आउट भइन्। यस क्रममा उनले एक छक्का र १२ चौका प्रहार गरिन्।
यसअघि ओपनर दयालन हेमलता ४२ बलमा ४७ रन बनाएर क्याच आउट भएकी थिइन। उनले एक छक्का ५ चौका प्रहार गरिन्। उनको बल रुबिना क्षेत्रीले क्याच गरेकी थिइन्।
हाल १८.२ ओभरको खेल चलिरहँदा नेपालले २ विकेटको क्षतिमा १५६ रन बनाएर खेलिरहेको छ।
प्रकाशित: ८ श्रावण २०८१ २०:२९ मंगलबार





