४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

सूर्यालाई भारतीय टी-२० क्रिकेटको कप्तानी?

भारतीय क्रिकेटका कप्तान रोहित शर्माले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि अब कसले कप्तानी गर्ने विषयमा बहस हुन थालेको छ।

तीनवटै फर्म्याटका कप्तान रोहितले टी–२० विश्वकपको उपाधि जितेसँगै अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए। उनको सन्यासको घोषणासँगै अब भारतको टी–२०  फर्म्याटको कप्तानी कसले गर्ने विषयमा बहस हुन थालेको छ।

अहिले भारतले विभिन्न मुलुकसँग टी–२० फर्म्याटको सिरिजहरू खेल्दैछ। जसमा पछिल्लो समय जिम्बावेसँगको टी–२० सिरिजका लागि शुभमन गिलको कप्तानीमा टीमको घोषणा गरिएको थियो भने अब श्रीलङ्कासँग २७ जुलाईबाट हुने टी–२० र एकदिवसीय सिरिजका लागि कसलाई कप्तानीको जिम्मा दिने विषयमा बहस भइरहेको छ।

भारतीय क्रिकेटका नयाँ मुख्य प्रशिक्षक गौतम गम्भीर टी–२० अन्तर्राष्ट्रियका पूर्व कप्तान रोहितका लागि सूर्य कुमार यादव पहिलो रोजाइमा परेका छन्।

सूर्यकुमार गौतम गम्भीरको मनपर्ने खेलाडीमध्येका एक हुन् भने रोहित पनि उनलाई कप्तानको रुपमा हेर्न चाहन्छन्। साथै फिटनेशका कारण पनि सूर्यकुमार बलियो दाबेदार मानिएका छन्।

कप्तानीको लाइनमा भारतीय टीमका उप कप्तान रहेका हार्दिक पाण्ड्या पनि थिए। तर, फिटनेशका कारण उनलाई बीसिसीआईले फिटनेशको दौडबाट बाहिर गरिदिएको छ। केएल राहुल पनि कप्तानीको दौडमा छन्।

तर, बीसिसीआईले पनि सूर्यकुमारलाई अघिल्लो टी–२० विश्वकपसम्मका लागि कप्तानीको कमान सुम्पिने मनसाय बनाइसकेको बुझिन्छ।

यसैबीच, श्रीलङ्काका लागि भारतले १५ सदस्यीय टीमको घोषणा गरे पनि कप्तानको भने घोषणा गरिसकेको छैन।

प्रकाशित: ३ श्रावण २०८१ १०:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App