१ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

जिम्बाब्वे विरुद्धको चौथो टि ट्वान्टीमा भारत १० विकेटले बिजयी

जिम्बाब्वे विरुद्धको चौथो  टि ट्वान्टीमा भारत १० विकेटले बिजयी भएको छ । पाँच शृंखलामा भारत एक खेल अगाडि नै शृंखला जित्न सफल भएको छ । भारतले लगातार तीन खेल जित्दै शृंखला ३-१ ले जितेको हो ।  

जिम्बाब्वेकाे हरारेमा भएको चौथो खेलमा भारतले घरेलु टोलीलाई १० विकेटले पराजित गर्न सफल भएको हो । १५३ रनको लक्ष्य भारतले १५.२ ओभरमा कुनै विकेट नगुमाई भेटाएको हो ।

भारतका लागि यशस्वी जैसवालले ५३ बलमा १३ चौका र २ छक्का सहित अविजित ९३ रन बनाए । कप्तान शुभमन गिलले ३९ बलमा ६ चौका र २ छक्का सहित ५८ रन जोडे ।

 टस हारेर पहिला ब्याटिङ गरेको जिम्बाब्वेले ७ विकेटको क्षतिमा १५२ रन बनाएको थियो । जिम्बाब्वेका लागि कप्तान सिकन्दर राजाले २८ बलमा सर्वाधिक ४६ रन जोडे । तादीवानाशे मारुमानीलिए ३१ बलमा ३२ रन बनाए भने वेसली मधेभेरेले २५ रन जोडे । डिअन मेयर्सले १२ रन जोडे ।

भारतका लागि खलिल अहमदले २ तथा तुशार देशपाण्डे, वाशिंटन सुन्दर, अभिषेक शर्मा र शिवम दुबेले १/१ विकेट लिए ।

शृंखलाको अन्तिम खेल आइतबार हुनेछ । भारतले पहिलो खेल १३ रनले हारेको थियो भने दोस्रो खेल १०० रनले र तेस्रो खेल २३ रनले जितेको थियो ।

प्रकाशित: २९ असार २०८१ २०:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App