विराटनगरमा जारी कोसी प्रदेशस्तरीय प्रथम भारोत्तोलन प्रतियोगिता बिहीबार सम्पन्न भएको छ।
कोसी खेलकुद विकास बोर्डले जिल्ला खेलकुद विकास समिति मोरङको संयोजकत्वमा विराटनगरमा पहिलो पटक भारोत्तोलन प्रतियोगिता आयोजना गरेको हो।
प्रतियोगितामा ५५ केजी समूहमा मोरङका अजित राजवंशी प्रथम, ६१ केजी समूहमा झापाका चन्दन मुखिया प्रथम, ६९ केजी समूहमा उदयपुरका रिवेश अधिकारी प्रथम, ७३ केजी समूहमा मोरङका पीयूष राजवंशी प्रथम, ८१ केजी समूहमा मोरङका कपिलेश्वर राजवंशी प्रथम र ८९ केजी समूहमा झापाका प्रशिद्धभक्त राजलवट प्रथम भएका छन्।
प्रतियोगितामा पाँच जिल्लाको सहभागिता रहेको थियो। प्रतियोगितामा प्रथम हुनेले २५ सय रूपैयाँ, दोस्रोले २ हजार रूपैयाँ र तेस्रोले एक हजार पाँच सय रूपैयाँ प्राप्त गरे।
प्रकाशित: २८ असार २०८१ ०८:२५ शुक्रबार





