३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

महिला क्रिकेट टीमसँग अनुभव साट्दै पुरुष क्रिकेट टीमका कप्तान र अलराउन्डर ऐरी

एसिया कप क्रिकेट वुमेन्स २०२४ को तयारीमा रहेका नेपाली महिला क्रिकेटका टीमसँग पुरुष क्रिकेट टीमले अनुभव साटासाट गरेका छन्।

केही समय अघि मात्रै विश्वकप क्रिकेटमा सहभागीता जनाएर फर्केका नेपाली पुरुष क्रिकेट टीमका कप्तान रोहित पौडेल र एसिया कपबाट विश्व कीर्तिमान कायम गरेका अलराउन्डर दिपेन्द्रसिंह ऐरीले महिला क्रिकेट टीमसँग अनुभव साटासाट गरेका हुन्।

एसियन कपको तयारीस्वरुप अभ्यासमा रहेका महिला क्रिकेट टीमलाई हौसला दिँदै कसरी प्रदर्शन राम्रो बनाउने लगायतका विषयमा अुनभव साटासाट गरिएको थियो।

आगामी जुलाई १९ बाट सुरु हुँदैछ। एसियन क्रिकेट काउन्सिलले आयोजना गर्न लागेको प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउँदै छ।

प्रकाशित: १८ असार २०८१ ०८:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App