१ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

विश्वकपमा अधुरो सपनाः इंल्यान्डलाई कडा टक्कर दिएको नेपाल कहाँ चुक्यो ?

आइतवार मुम्बईको वानखेडे रंगशालामा नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भयो। लगातार तीन खेलमा हार भोग्दा नेपाली टोली सुपर ८ प्रवेशमा असमर्थ रह्यो।

१३३ रनको कमजोर स्कोर नेपालले निर्धारित २० ओभरमा बनायो। शुरुवातमै कुशल भुर्तेल, रोहित पौडेल र आशिफ शेखको हतारोमा आउट हुनु टोलीको मध्यक्रम कमजोर बनायो। पावर प्लेमा मात्र २२ रनमा ३ विकेट गुमाउनु नेपाली तयारीको अभाव र मानसिक स्थिरता नहुने स्पष्ट संकेत थियो।  

दीपेन्द्रसिंह ऐरीको धैर्यपूर्ण अर्धशतक र सोमपाल कामीको छोटो तर प्रभावशाली योगदानले केही राहत दिएको भए पनि बाँकी खेलाडीहरूले जिम्मेवारी निभाउन सकेनन्। लोकेश बम र गुलशन झाको अस्थिर ब्याटिङले साझेदारी टिकाउन नसक्दा खेलको नियन्त्रण नेपालबाट वेस्ट इन्डिजतिर सरेको थियो। बलिङमा पनि कुनै रणनीति देखिएन । सिमरोन हेट्मेयर र कप्तान साइ होपको विष्फोटक ब्याटिङ रोक्न नेपाली बलरहरू असफल रहे।  

इंग्ल्यान्डसँगको झिनो हारपछि बढेको आत्मविश्वास भावनामा सीमित रह्यो। इटालीसँगको लज्जास्पद पराजयबाट पनि नेपालले परिस्थितिको मूल्यांकन गर्न सकेन । संयम र धैर्यता बिना प्रतिस्पर्धामा उत्रिएको नेपाल छक्का चौकाको प्रयासमा मात्र हैन मैदानभित्रको रणनीतिमा पनि नराम्ररी चुक्यो ।

यो पराजय अंकतालिकामा स्पष्ट छ। नेपाल समूह ‘सी’मा अंकविहीन छ। सुपर ८ को सपना समाप्त भइसकेको छ। नेपालको हारको मुख्य कारण अनुशासनहीनता, योजना र साझेदारी निर्माणमा कमजोरी, मानसिक दबाबको सामना गर्न असफल र बलिङ तथा फिल्डिङमा रणनीतिक दृष्टिकोणको अभाव हो। भावनात्मक उचाइ मात्रले खेल जित्न सकिँदैन, अब नेपाली क्रिकेटले यथार्थ स्वीकार्दै सुधारको मार्ग अपनाउनु आवश्यक छ । 

प्रकाशित: ३ फाल्गुन २०८२ १५:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App