१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

दक्षिण अफ्रिका र वेस्ट इन्डिज बीचको खेल पुनः सुरु, १७ ओभरमा खेल सिमित

आईसिसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गत वर्षाका कारण रोकिएको वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीचको खेल सुचारु भएको छ।

सर विवियन रिचर्ड्स स्टेडियममा जारी खेलमा वेस्ट इन्डिजले दिएको समक्ष १३६ रनको लक्ष्यसहित मैदान उत्रेको दक्षिणअ अफ्रिकाले ब्याटिङ्ग सुरु गरेको केहीबेरमै वर्षा हुन थालेपछि  खेल रोकिएको थियो।

दक्षिण अफ्रिकाले २ ओभरको खेल सकिँदा २ विकेट गुमाएर १५ रन जोड्दा सुरु भएको वर्षा अहिले रोकिए पछि खेल पुनः सुचारु भएको छ।

वर्षाका कारण खेल प्रभावित भएपछि १७ ओभरमा खेल सिमित गरिएको छ भने टार्गेट पनि घटाएर १२३ तोकिएको छ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको वेस्ट इन्जिडले निर्धारित ओभर खेल्दै ८ विकेटको क्षतिमा १३५ रन बनाएको छ।

प्रकाशित: १० असार २०८१ ०९:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App