१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

आईसिसी टी–२० विश्वकप क्रिकेटः आज अमेरिका र इङ्ग्ल्यान्ड भिड्दै

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत जारी सुपर ८ को खेल अन्तर्गत आइतवार अमेरिका र इङ्ग्ल्यान्डबीच खेल हुँदैछ।

सुपर ८ को समूह ‘बी’ मा रहेको अमेरिका र इङ्ग्ल्यान्डबीचको खेल केनसिङ्टोन ओभलमा राति ८ः१५ बजेबाट सुरु हुनेछ।

हालसम्म सुपर ८ मा अमेरिकाले २ खेल खेलेकोमा दुबैमा पराजित भएको छ भने इङ्ग्ल्यान्डले समान २ खेल खेलेकोमा एक खेलमा जित हात पारेको छ र एकमा पराजित भएको छ।

आजको खेलमा जित निकाल्दै इङ्ग्ल्यान्ड आफ्नो सेमिफाइनलमा पुग्ने सम्भावनालाई जीवितै राख्न चाहन्छ भने अमेरिका सुपर ८ को आफ्नो पहिलो जितको खोजीमा रहने छ।

आजको खेलमा इङ्ग्ल्यान्डका फिल साल्ट, आदिल राशिद, जोफरा आर्चर र जोस बटलरमाथि सबैको विशेष नजर रहने छ भने अमेरिकाका सौरभ नेत्रवालकर, एरोन जोन्स, हरमित सिंह र एन्ड्रिस गौसमाथि सबैको नजर रहने छ।

प्रकाशित: ९ असार २०८१ १३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App