१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

रोहितसँगै सन्दीप र दीपेन्द्र ग्लोबल टी २० लिग खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल क्यानेडियन फ्रान्चाइज लिग क्रिकेट ग्लोबल टी २० लिग खेल्ने भएका छन्।

 उनी पहिलो पटक ग्लोबल टी २० लिगमा आबद्ध भएका हुन।कप्तान रोहित पौडेल टोरन्टो नेशनल्समा अनुबन्ध भएका हुन । टोरन्टो नेशनलले १६ लाखमा ग्लोबल टी–२० लिगमा पौडेललाई अनुबन्ध गरेको ह ।

उनीसँगै यस सिजनमा नेपालका स्पिनर सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी ग्लोबल टी २० लिगमा आबद्ध भएका छन् । सन्दीप र दीपेन्द्र एउटै क्लब टिम भ्यानकुभर नाइट्सबाट खेल्नेछन्। सन्दीपलाई ४० लाख तथा दीपेन्द्रसिंह ऐरीलाई २४ लाखमा भ्यानकुभर नाइट्सले अनुबन्ध गरेको छ।  

सन्दीप र दीपेन्द्र सँगै भ्यानकुभरमा पाकिस्तानका बाबर आजम, मोहम्मद आमिर र मोहम्मद रिजवान समेत रहेका छन्। यस्तै टोलीमा पल भ्यान मिकरेन र रुबेन ट्रम्पलम्यान जस्ता अनुभवी एसोसिएट खेलाडी र दक्षिण अफ्रिकाका डवेन प्रिटोरियस समेत रहेका छन्। ग्लोबल टी २० लिगमा सोमपाल कामी भने अनसोल्ड भएका छन् । यस संस्करणको ग्लोबल टी २० लिग जुलाई २५ देखि सुरु हुँदै छ।

प्रकाशित: ८ असार २०८१ १२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App