१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

आफ्नै कार्यकक्षमा बोलाएर खेलकुद मन्त्री श्रेष्ठले फुटबल कप्तान किरणलाई अंगालो हाले

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बु (चेम्जोङ)सँग कार्यकक्षमा भेटेका छन्।  

नेपालको लागि एक सयौं खेल खेल्ने पहिलो खेलाडी बनेका किरणलाई यो सफलताको लागि मन्त्री श्रेष्ठले बधाई दिएका थिए।  

भेटमा कप्तान किरणले दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय खेल खेल्ने वातावरण बनाइदिन मन्त्री श्रेष्ठलाई आग्रह गरेका थिए। साथै किरणले खेल करियर पश्चात पनि खेलाडीलाई नेपालमा नै बस्ने वातावरण बन्नु पर्ने कुरामा पनि जोड दिए।  

मन्त्री श्रेष्ठले दशरथ रङ्गशालालाई व्यवस्थित बनाउन कार्यविधि नै तयार भएको जानकारी गराए।  

लामो खेल करियरमा पहिलो पटक मन्त्रीसँग भेटेर आफ्नो कुरा राख्न पाएकोमा किरणले खुशी ब्यक्त ग्रदै धन्यवाद पनि दिए।  

साउदी अरबको दमाममा विश्वकप २०२६ छनोट अन्तर्गत दोश्रो चरणको अन्तिम खेलमा यमनविरुद्ध पहिलो रोजाइमा रहेर खेल्दा उनी एक सयौं खेल खेल्ने पहिलो नेपाली खेलाडी बनेका हुन्। 

प्रकाशित: ४ असार २०८१ १९:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App