१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

आईसिसी टी–२० विश्वकप: अफगानिस्तनमाथि वेस्ट इन्डिजको जित

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा वेस्ट इन्डिजले सानदार जित हात पारेको छ।

समूह ‘सी’ अन्तर्गत आज भएको अन्तिम खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई १०४ रनले हराउँदै सानदार जित हात पारेको हो। जितसँगै वेस्ट इन्डिज समूह विजेता बनेको छ भने पराजित अफगानिस्तान समूह उपविजेता बनेको छ।

डेरेन सामी नेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको वेस्ट इन्डिजले २१८ रन बनायो। २१९ रनको लक्ष्यसहित मैदान उत्रेको अफगानिस्तानले १६.२ ओभरमै बलआउट हुँदै ११४ रन मात्रै बनाउन सक्यो।

वेस्ट इन्डिजका लागि निकोलस पुरनले जारी सिजनमै सबैभन्दा धेरै ९८ रन बनाए भने जोनसन चाल्र्सले ४३ रन जोडे। कप्तान रोभमन पवेलले २६ रन जोड्दा साइ होपले २५ रन जोडे।

अफगानिस्तानका लागि गुलबदिन नाइबले सर्वाधिक २ विकेट लिँदा अजमतुल्लाह ओभरजाई र नविन उल हकले समान १/१ विकेट हात पारे।

प्रकाशित: ४ असार २०८१ ०९:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App