तीन दिनदेखिको निरन्तर वर्षापछि निम्ताएको पहिरोले शनिबार घर र रिसोर्ट पुर्दा सिन्धुपाल्चोकमा छुट्टाछट्टै तीन घटनामा ६ जनाको ज्यान गएको छ। ती घटनामा चार जना बेपत्ता भएका छन्।
अविरल वर्षापछि देशका विभिन्न ठाउँमा ठुलो जनधनको क्षति भएपछि कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री कार्यालयमा आकस्मिक बैठक बोलाएका छन् ।