६ असार २०८१ बिहीबार
image/svg+xml
खेल

बंगलादेशसँग २५ रनले हार्‍यो नेदरल्यान्ड्स

आइसिसी ट्वान्टी–२० विश्वकपमा बंगलादेशले नेदरल्यान्ड्सलाई पराजित गरेको छ।

बिहीबार किंग्सटाउनमा टस हारेर पहिला ब्याटिङमा उत्रेको बंगलादेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५९ रनको योगफल खडा गरेको थियो।

जवाफमा १६० रनको लक्ष्य पाएको नेदरल्यान्ड्ले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १३४ रन बनाउन सक्यो। र २५ रनले हार्न पुग्यो।

नेदरल्यान्ड्सका लागि साइब्रैंड एंगलब्रेख्तले सर्वाधिक ३३ रन बनाए। यस क्रममा उनले एक छक्का र तीन चौका हाने।

माइकल लेविटले १८, मैक्स ओडाउडले १२, विक्रमजीत सिंहले २६,  कप्तान स्कॉट एडवर्ड्सले २५, लोगन वैन बीकले २ र आर्यन दत्तले १५ रन बनाए। बास डलीडे भने शून्यमा आउट भए।

बंगलादेशका रिसाद हुसैनले तीन विकेट लिए। तक्षिन अहमेदले दुई विकेट लिँदा मुस्ताफिजुर रहमान, तान्जिन हसन सान्टो र महमुदुल्लाहले समान एक विकेट हात पारे।

बंगलादेशका लागि साकिब अल हसनले अर्धसतकीय पारी खेले। उनले सर्वाधिक ६४ रन बनाए। यस क्रममा उनले ४५ बलमा नौ चौका प्रहार गरे। तान्जिन हसनले ३५ रन, महमदुल्लाहले २५ रन र जाकेर अलीले १४ रन जोडे। 

नेदरल्यान्ड्सका आर्यन दत्त र पाउल भान मिकेरेनले समान दुई विकेट लिए भने टिम प्रिंगलले एक विकेट हात पारे।

प्रकाशित: ३१ जेष्ठ २०८१ २३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App