१४ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

एथलेटिक्समा गण्डकी टिम च्याम्पियन

गण्डकी प्रदेश प्रथम यु–१५ विद्यालय खेलकुदको एथलेटिक्समा बिहीबार टिम च्याम्पियन बनेको छ । ४ स्वर्ण, ३ रजत र २ कांस्य जित्दै गण्डकी समग्रमा टिम च्याम्पियन बन्यो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद्, गण्डकीद्वारा संयुक्त आयोजित प्रतियोगितामा लुम्बिनी प्रदेश ३ स्वर्ण, २ रजत र ६ कांस्यसाथ लुम्बिनी प्रदेश दोश्रो भयो । तेश्रो स्थानको कर्णाली प्रदेशले ३ स्वर्ण, २ रजत र १ कांस्य हात पा¥यो । सहभागी सातै प्रदेश स्वर्णविहीन हुनु परेन । १४ स्वर्णका लागि भएको प्रतिस्पर्धामा कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशले समान १–१ स्वर्ण जिते ।

पोखरा रंगशालामा भएको छात्र ४ गुणा १ सय मिटर रिलेमा लुम्बिनी पहिलो, गण्डकी दोश्रो र सुदूरपश्चिम तेश्रो भए । सो स्पर्धाको छात्रामा गण्डकीले स्वर्ण, कोशीले रजत र कर्णालीले कांस्य जिते ।

सटपुटको छात्रमा कोशीका छिरिङ शेर्पा पहिलो भए । उनले १०.५७ मिटर टाढा फाले । गण्डकीका गणेश श्रेष्ठ दोश्रो तथा लुम्बिनीका पारसबहादुर शाही तेश्रो स्थानमा रहे । उक्त स्पर्धाको छात्रामा ८.३७ मिटर थ्रो गरेकी लुम्बिनीकी सम्झना थारु पहिलो भइन् । कर्णालीकी उर्मिला राजी दोश्रो तथा गण्डकीकी युना सारु मगर तेश्रो बने ।

छात्रको ८ सय मिटर दौडमा बागमतीका सुनिल विक पहिलो बने । उनले निर्धारित दूरी २ मिनेट ०९.६३ सेकेन्डमा पूरा गरे । कर्णालीका अनिल शाही दोश्रो तथा लुम्बिनीका विशाल थारु तेश्रो भए । सो स्पर्धाको छात्रामा कर्णालीकी पुर्णिमा बुढाले निर्धारित दूरी २ मिनेट ३६.२६ सेकेन्डमा तय गर्दै स्वर्ण   चुमिन् । गण्डकीकी कञ्चन भण्डारी दोश्रो तथा मधेशकी आशा साह तेश्रो भए ।

छात्रको २ सय मिटर दौडमा गण्डकीका सुशान्त बोटेले स्वर्ण जिते । उनले निर्धारित दूरी २४.३३ सेकेन्डमा पूरा गरे । लुम्बिनीका अभय राना दोश्रो तथा बागमतीका अजित ठाकुर तेश्रो स्थानमा रहे । त्यसै स्पर्धाको छात्रामा गण्डकीकी अनुष्का अधिकारी पहिलो भइन् । अनुष्काले निर्धारित दूरी २७.६२ सेकेन्डमा पूरा गरिन् । सुदूरपश्चिमकी रितु जोशी दोश्रो तथा लुम्बिनीकी जमुना लोध तेश्रो भए ।

विजेतालाई प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव श्रीधर शर्मा, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, राखेप कर्मचारी संघका महासचिव कुमार बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

प्रकाशित: ३१ जेष्ठ २०८१ १३:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App