१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

‘सी’ डिभिजन लिगमा उक्लिएकै वर्ष बागमती च्याम्पियन

सर्लाहीको बागमती युवा क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा उक्लिएकै वर्ष उपाधि जितेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा लिगको अन्तिम खेलमा पुल्चोक स्पोर्ट्स क्लबलाई गोलरहित बराबरीमा रोक्दै बागमती उपाधि विजेता बनेको हो । बागमतीले १३ खेलबाट नौ जित, तीन बराबरी र एक हारसहित ३० अंक जोड्यो । उपाधिसँगै बागमतीले १० लाख पायो।

तेस्रो स्थानमा रहेर लिग सक्काएको पुल्चोकले समान खेलबाट ६ जित, चार बराबरी र तीन हारसहित २२ अंक जोड्यो । पुल्चोकले पाँच लाखमा चित्त बुझायो ।

समान खेल खेलेको सुर्खेतको रारा रेन्जर्स (आरसी ३२) उपविजेता बन्यो । बुधबार नै लगनखेलस्थित आर्मी फिजिकल ट्रेनिङ एन्ड स्पोर्ट्स सेन्टरमा भएको खेलमा आरसी ३२ सानेपा क्लबसँग ३–२ गोल अन्तरले पराजित भयो । सानेपाका सम्राटसिंह डंगोल, पेमा दोर्जे लामा र खेमराज तामाङले गोल गरे ।

आरसी ३२ का विकास सन्तोषी र हेमन लिम्बूले गोल गरेपनि टोलीलाई जिताउन सकेनन् । १३ खेलमा आठ जित, दुई बराबरी र तीन हारसहित २६ अंक जोडेर आरसी ३२ दोस्रो स्थानमा रह्यो । आरसी ३२ ले सात लाख पायो । सानेपा समान खेलबाट पाँच जित, तीन बराबरी र पाँच हारसहित १८ अंक जोडेर सातौं स्थानमा रह्यो ।

प्रकाशित: ३० जेष्ठ २०८१ २०:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App