१८ माघ २०८२ आइतबार
image/svg+xml

प्रहरीले चिया खान बोलाएर बयान लियो: दुर्गा प्रसाईं

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंले प्रहरीले आफूलाई झुक्याएर बयान लिएको गुनासो गरेका छन्।

रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका उपसभापति डोलप्रसाद अर्यालको संयोजत्वमा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन गरको छ।

युवा र बुद्धिजीवीले देशको नेतृत्व तपाईंहरूले गर्नुपर्छ भनिरहेका छन्: विप्लव

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशका युवा, बुद्धिजीवी र व्यवसायीहरूले आफ्नो पार्टीलाई देशको नेतृत्व लिन आग्रह गरिरहेको बताएका छन्।

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक स्थिति माथि उठाउने गरी राज्यका आर्थिक नीतिहरु हुनुपर्नेलगायत विषय समेटेर आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

यामाहाको “मायासँग मायाको यात्रा” ले ल्यायो विवाहको सिजनमा साथ र भरोसाको सगुन

प्रेमबाट सुरु हुने नयाँ सुरुवात र जीवनको नयाँ यात्रालाई उत्सवका रूपमा प्रस्तुत गर्ने यो अभियान नेपाली संस्कृति, परम्परा र भावनामा आधारित छ।

मुख्यसचिवसहित छ जनालाई अरुणिमाको सम्मान

काठमाडौंस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ स्थापना दिवसका अवसरमा मुख्य सचिवसहित छ जनालाई सम्मान प्रदान गरिएको छ ।

पुराना दलप्रतिको असन्तुष्टि हटाउने जिम्मा हाम्रो काँधमा आएको छ: विप्लव

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशका पुराना दलप्रति जनताको असन्तुष्टि बढ्दै गएको र त्यो असन्तुष्टि हटाउने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको बताएका छन्।

पोस्टमार्टम गर्न पत्रकार दिनेश सिटौलाको शव शिक्षण अस्पताल लगियो

उपचारका क्रममा निधन भएका पत्रकार दिनेश सिटौलाको शवको पोस्टमार्टम गरिने भएको छ।

‘अब पनि पुरानै दललाई परीक्षण गर्ने हो भने देशको भाग्यले नी हाम्रो परीक्षण मात्र गर्छ’

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं चितवन प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं-३ की उम्मेदवार सोविता गौतमले देशमा अब पनि पुराना दल र नेताहरूलाई परीक्षण गरिरहन नहुने बताएकी छन्।

मतदाता भन्छन्ः उम्मेदवार हेरेर आफ्नो मत दान गर्छौं

बैतडीको सिगास गाउँपालिका–९ का रवीन्द्र र हिमा बोहराले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो पटक मतदान गर्दैछन् ।

पाकिस्तानमा सेनाको कारबाही : ९२ आतंकवादी मारिएको दाबी

बलोचिस्तान प्रान्त पाकिस्तानको रणनीतिक दृष्टिले महत्वपूर्ण क्षेत्र हो। यहाँ बन्दरगाह शहर ग्वादर, प्राकृतिक स्रोत र आर्थिक परियोजनाहरू रहेका छन्। विगत केही वर्षदेखि यो क्षेत्रमा विभिन्न आतंकवादी समूह सक्रिय रहेका छन्। पाकिस्तानले नियमित रूपमा सुरक्षा अपरेशन सञ्चालन गर्दै आएको छ, जसले आतंकवादी गतिविधिलाई रोक्न र स्थानीय जनजीवन सुरक्षित बनाउन सहयोग पुर्‍याएको छ।

बालेन्द्रको चुनावी अभियानमा सहभागी भएका पत्रकार सिटौलाको निधन

बालेन्द्र साहको चुनावी अभियानका क्रममा अछाममा अचेत भएका पत्रकार दिनेश सिटौलाको निधन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्