१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

क्यानडाविरुद्ध पाकिस्तान ७ विकेटले विजयी

आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको छ।

अमेरिकाको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल जित्न १०७ रनको लक्ष पाएको पाकिस्तान १७.३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्‍यो।

यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा १०६ रन बनाएको थियो ।

जवाफमा पाकिस्तानले १७ दशमलव ३ ओभरमा १०७ रन बनाउँदै पहिलो जित हात पार्याे। यो जितसँगै पाकिस्तानले ३ खेलमा पहिलो जित हासिल गरेको छ। यस अघि पाकिस्तान पहिलो खेलमा अमेरिकासँग तथा दोस्रो खेलमा भारतसँग पराजित भएको थियो।

पाकिस्तानका लागि  मोहम्मद रिजवानले अर्धसतकीय पारी खेले। उनले ५३ बलको सामना गर्दै ५३ रन बनाए। यस क्रममा उनले १ छक्का र २ चौका हाने।

कप्तान बाबर आजमले पनि समान ३३ बल खेल्दै ३३ रनकै योगदान दिए।  उनले १ छक्का र १ चौकाको मद्दतमा सो रन बनाएका थिए। सईम अयूबले १२ बलमा ६ रन र फखर जमानले ४ बलमा ६ रन बनाए।

क्यानडाका लागि डिलन हेलिगरले ४ ओभरमा १८ रन खर्चिँदै २ विकेट लिए। जेरमी गॉर्डनले ३.३ ओभरमा १७ रन खर्चिँदै १ विकेट लिए।

क्यानडाको पालोमा  सबैभन्दा बढी आरोन जोन्सनले ५२ रन बनाए। उनले ४४ बलमा ४ छक्का र ४ चौकासँगै ५२ रन जोडेका थिए। त्यसैगरी कलीम सानाले १३ र कप्तान साद बिन जफरले १० रन बाहेक अरु कोही खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

पाकिस्तानका लागि मोहम्मद अमिर र हरिस रउफले दुई-दुई विकेट लिए। त्यसैगरी शाहीन शाह अफ्रिदी र नसीम शाहले एक-एक विकेट लिए।

प्रकाशित: २९ जेष्ठ २०८१ २३:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App