१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

टी-२० विश्वकप क्रिकेटः आज बङ्गलादेश र दक्षिण अफ्रिका भिड्दै

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज एक मात्रै खेल हुने भएको छ। समूह ‘डी’ अन्तर्गत हुने आजको खेलमा बङ्गलादेश र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ।

अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने आजको खेल साँझ ८ः१५ बजेबाट सुरु हुनेछ।

हालसम्म २ खेल खेलेको दक्षिण अफ्रिका दुबै खेलमा जितसहित समूहको शिर्ष स्थानमा रहेको छ भने १ खेल खेलेको बङ्गलादेशले पनि जित निकाल्दै अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ।

आजको खेलमा बङ्गलादेशका मुस्ताफिजुर रहमान, रिसद होसेन, तान्जिद हसन र तोहिक हृदयमाथि सबैको नजर रहने छ भने दक्षिण अफ्रिकाका रिजा हेन्ड्रिक, एडन मार्करम, जेराल्ड कोएत्जी र ओटनिल बार्टमनमाथि पनि सबैको नजर रहने छ।

प्रकाशित: २८ जेष्ठ २०८१ १३:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App