१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

भारत र पाकिस्तानबीचको खेलको टसमा ढिलाइ

भारत र पाकिस्तानबीचको टी २० विश्वकप खेलको टसमा ढिलाइ भएको छ।

आइतबार नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार ८ : १५ बजे हुने भनिएको खेल अघि हल्का वर्षा हुँदा टसमा ढिलाइ भएको हो।

खेल सुरु हुनु ९० मिनेट अघिदेखि वर्षा सुरु भएको थियो। ३४ हजार सिट क्षमता रहेको यस स्टेडियमको हालसम्म लगभग आधा सिट भरिएको छ।

आयोजकहरूले स्थानीय समय अनुसार बिहान १०:१५ बजे पिच निरीक्षण गरिने जानकारी दिएका छन्।

टी २० विश्वकप अन्तर्गत भारतले आफ्नो पहिलो खेलमा आयरल्यान्डलाई पराजित गरेको थियो भने पाकिस्तानले अमेरिकाविरुद्ध सुपर ओभरमा हार बेहोरेको थियो।

भारतीय टोली 

रोहित शर्मा (कप्तान) सुर्यकुमार यादव, विराट कोहली, यशस्वी जैसवाल, अक्षर पटेल, हार्दिक पाण्डेय, रविन्द्र जडेजा, शिवम दुबे, ऋषभ पन् , सञ्जु सैमसन,अर्शदीप सिंह, जसप्रित बुमराह, कुलदीप ,मोहम्मद सिराज र युजवेन्द्र चाहाल। 

पाकिस्तानी टोली 

बाबर आजम (कप्तान) फखर जमान, साइम अयुब, उस्मान खान, इफ्तिखार अहमद, इमाद वासिम, सादाब खान, आजम खानविकेट किपर, मोहम्मद रिजवान विकेट, अब्बास अफ्रिदी, अबरार अहमद, हरिस रउफ, मोहम्मद अमिर, नसिम शाह र शाहिन अफ्रिदी।  .

प्रकाशित: २७ जेष्ठ २०८१ २०:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App