१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

अमेरिकाविरुद्ध पाकिस्तान : प्रभाव पार्न सक्ने दुई खेलाडी

आईसीसी टी २० विश्वकप क्रिकेटमा बिहीबार राति पाकिस्तान र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ । समूह ए मा रहेको पाकिस्तानले आफ्नो पहिलो खेल खेल्न लागेको हो । आफ्नो पहिलो खेलमा आयोजक अमेरिकाले भने क्यानडालाई हराएको थियो । पाकिस्तान र अमेरिकाबीचको खेल राति सवा ९ बजे सुरु हुनेछ । पाकिस्तानका बाबर आजम र अमेरिकाका आरोन जोन्स बिहीबार हुने खेलमा प्रभाव पार्न सक्ने खेलाडीका रुपमा रहेका छन् ।  

आरोन जोन्स, अमेरिका

आरोन जोन्सले पाकिस्तानविरुद्ध आफ्नो उच्च लय कायम राख्न चाहन्छन् । पहिलो खेलमा अमेरिकाले क्यानडालाई सात विकेटले पराजित गर्दा उनले ४० बलमा चार चौका र १० छक्का प्रहार गर्दै अविजित ९४ रन बनाएका थिए। २९ वर्षीय आरोनले विश्वकप डेब्यू खेलमै २२ बलमा अर्धशतक पूरा गरेका थिए।  

ट्वान्टी–२० आईमा अमेरिकी टोलीबाट सर्वाधिक कम बलमा अर्धशतक प्रहार गर्ने उनी पहिलो खेलाडी हुन्। योभन्दा पहिला स्टिभन टेलरले क्यानडाविरुद्धको खेलमा २४ बलमा अर्धशतक प्रहार गरेका थिए। यस्तै, अमेरिका लागि एकै इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने आरोन पहिलो खेलाडी बनेका छन्। योभन्दा अगाडि कुनै पनि अमेरिकी ब्याट्सम्यानले एकै इनिङ्समा पाँचभन्दा बढी छक्का प्रहार गरेका छैनन्।  

बाबर आजम, पाकिस्तान

पछिल्लो संस्करणको ट्वान्टी–२० विश्वकपमा कप्तान बबार आजमले पाकिस्तानका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। ब्याटिङमा आफू नचलेपनि उनले टोलीलाई तेस्रो पटक फाइनलमा पुर्‍याएका थिए। तर, उपाधि भिडन्तमा इंग्ल्यान्डसँग पाकिस्तान पाँच विकेटले पराजित गरेको थियो।

तर, त्यसभन्दा अगाडिको संस्करणमा भने बाबरले सानदार प्रदर्शन गरेका थिए। टोलीलाई सेमिफाइनल पुर्‍याएका उनले ६ इनिङ्समा ६०.६० को औषत र १२६.२५ को स्ट्राइक रेटमा सर्वाधिक ३०३ रन बनाएका थिए। भारतलाई समूह चरणको खेलमा १० विकेटले पराजित गर्दा बाबरले ५२ बलमा ६ चौका र दुई छक्कासहित अविजित ६८ रन बनाएका थिए। उक्त खेलमा उनले मोहम्मद रिजवनसँग १५२ रनको साझेदारी गरेका थिए।

प्रकाशित: २४ जेष्ठ २०८१ १४:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App