१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

हारबाट पुनरागमनः अबका खेलमा गल्ती सुधार्दै आफूलाई प्रमाणित गर्ने नेपालसँग मौका

१० वर्षपछि आईसिसी टी– २० विश्वकपमा पुनरागमन गरेको नेपालले आफ्नो विश्वकप यात्रा हारबाट सुरु गरेको छ।

अमेरिकाको टेक्ससमा मङ्गलवार आफ्नो पहिलो खेलमै नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भयो। खराब ब्याटिङका बाबजुद बलिङमा साथ पाए पनि हार बेहोरेको नेपालले अब आफ्नो अर्को खेल १२ जुनमा श्रीलङ्काविरुद्ध खेल्ने छ। नेपाल र श्रीलङ्काबीचको खेल बिहान ५ः१५ बजेबाट सुरु हुनेछ।

श्रीलङ्काविरुद्धको खेल अघि नेपालसँग ७ दिनको समय थियो। जसमा २ दन बितिसकेको छ। यो समय नेपालले आफूलाई थप तिखार्दै कसरी अघि बढ्ने सो विषयमा तयारी गर्न सक्छ। कारण, त्यसपछिका खेलमा नेपालसँग पर्याप्त समय नहुँदा तयारी गर्न सक्ने अवस्था पनि रहँदैन।

समूह ‘डी’ मा रहेको नेपालले अब आफ्ना सबै खेलमा जित हात पार्न सकेन भने उसको आगामी यात्रा कमजोर बन्दै जानेछ। तर, तुलनात्मक रुपमा श्रीलङ्काभन्दा कमजोर मानिएको नेपाले अबका खेलहरूमा जित्नै पर्ने दबाब रहन्छ।

टस जितेर पहिले फिल्डिङ गर्ने नेदरल्यान्ड्सको निर्णय सही साबित भयो। किनकि नेपालले सुरुदेखि नै ब्याटिङमा निकै संघर्ष गर्नुपरेको थियो। एक समय सय रनको आँकडा पनि पार गर्ने अवस्थामा नरहेको नेपालका कप्तान रोहितकुमार पौडेल र तल्लो क्रमका ब्याटरले ससाना इनिङ खेल्दै नेपाललाई १०६ रनसम्म पुर्याए। जबाफी लक्ष्य पछ्याएको डचविरुद्ध नेपालका बलरले कसिलो बलिङ गर्दै चुनौती दिए। तर, सफल हुन भने सकेनन्।

पहिलो हारबाट हतोत्साहित हुन आवश्यक नरहेको सन् २०१४ मा विश्वकप खेलिसकेका सोमपाल कामीले बताए। तर, नेपाली क्रिकेटका लागि नेपालको पछिल्लो समय देखिएको प्रदर्शनप्रति भने नेपाली दर्शक र समर्थकले अपेक्षा गर्नु स्वभाविकै हो।

पाँच टोली रहेको समूह ‘डी’ मा नेदरल्यान्ड्स र दक्षिण अफ्रिकाले पहिलो खेलमा जित निकालेका छन्। दक्षिण अफ्रिकाले श्रीलंकालाई नराम्रोसँग हराएको थियो।

हुन त नेपालको पछिल्लो म्याचको प्रदर्शन भने खुशी हुन लायक छैन। गत अप्रिलमा एसिया कप छनौटका लागि नेपाल प्ले अफमा हङकङसँग ४ विकेटले पराजित भयो भने पहिलो सेमिफाइनलमा युएईसँग ६ विकेटले पराजित भएको थियो।

त्यसलाई पनि आत्मसात गर्दै सुधार्नुपर्ने पक्ष के छन् भन्ने कुरामा ध्यान दिएर दक्षिण अफ्रिकाविरुद्ध खेल्नुपर्ने हुन्छ। किनकि नेपाललाई लिएर नेपाली समर्थक मात्रै होइन अन्तर्राष्ट्रिय स्तरका क्रिकेटका दिग्गजहरूलाई पनि धेरै अपेक्षा छ।

प्रकाशित: २४ जेष्ठ २०८१ ११:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App