१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

टी-२० विश्वकप प्रत्यक्ष प्रसारण गर्न स्थानीय तहलाई खेलकुद मन्त्रालयको पत्र

युवा तथा खेलकुद मन्त्रालयले अमेरिकामा भइरहेको आईसीसी टी-२० विश्वकप प्रत्यक्ष प्रसारण गर्न स्थानीय तहलाई पत्राचार गरेको छ।

मन्त्रालयले पत्र काट्दै सबै स्थानीय तहलाई स्रोत र साधन बमोजिम उपयुक्त स्थानमा आईसीसी टी(२० विश्वकपको प्रत्यक्ष प्रसारण गर्न पत्राचार गरेको हो।

नेपाल पनि सो प्रतियोगितामा सहभागी भएको जनाउँदै मन्त्रालयले नेपाली खेल प्रेमीको हौसला बढाउने वातावरण बनाउन स्थानीय तहलाई आग्रह गरेको छ।

आईसीसी टी-२० विश्वकपमा आज नेपालले नेदरल्यान्ड्ससंग पहिलो खेल खेल्दैछ। 

प्रकाशित: २२ जेष्ठ २०८१ १२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App