११ असार २०८१ मंगलबार
image/svg+xml
खेल

आईसीसी टी २० विश्वकप क्रिकेटको नालीबेली, पहिलोदेखि नवौंसम्म

पहिलो आईसीसी टी २० दक्षिण अफ्रिका(२००७/२००८)

आईसीसी टी २० विश्वकप क्रिकेटको पहिलो आयोजना दक्षिण अफ्रिकामा भएको थियो । यस प्रतियोगिताको फाइनलमा पाकिस्तानलाई ५ रनले हराउँदै भारतले पहिलो संस्करणको उपाधि जित्न सफल भयो । सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई १५ रनले र पाकिस्तानले न्युजिल्याण्डलाई ६ विकेटले हराउँदै फाइनलमा पुगेका थिए । पहिलो संस्करणमा सहभागी १२ राष्ट्रलाई ४ वटा समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहमा तीन तीन राष्ट्र समावेश थिए । समूह ए मा आयोजक दक्षिण अफ्रिका, बङ्गलादेश र वेष्टइण्डिज रहेका थिए । समूह बी मा अष्ट्रेलिया, इग्ल्याण्ड र जिम्बाबे, समूह सीमा श्रीलङ्का, न्यूजिल्याड र केन्या तथा समूह डीमा भारत, पाकिस्तान र स्कटल्यान्ड रहेका थिए ।  

दोश्रो टी २० इग्ल्याण्ड (२००९)

आईसीसी टी २० विश्वकप क्रिकेटको दोश्रो संस्करण इग्ल्याडमा आयोजना भएको थियो। यस प्रतियोगितामा पाकिस्तानले उपाधि चुम्यो । पाकिस्तानले फाइनलमा श्रीलङ्कालाई ८ विकेटले हराएको थियो । पाकिस्तान दक्षिण अफ्रिकालाई ७ विकेटले र श्रीलङ्का वेष्टइण्डिजलाई ५७ रनले हराउँदै फाइनलमा पुगेका थिए । दोश्रो  संस्करणमा सहभागी  १२ राष्ट्रलाई ४ वटा समूहमा विभाजन गरिएको थियो । समूह ए मा  भारत, आयरल्याड र बङ्गलादेश, समूह बी मा आयोजक इग्ल्याड, पाकिस्तान र नेदरल्याण्ड्स, समूह सीमा श्रीलङ्का, वेष्टइण्डिज र अष्ट्रेलिया तथा समूह डीमा दक्षिण अफ्रिका , न्युजिल्याण्ड र स्कटल्यान्ड रहेका थिए ।  

तेश्रो टी २० वेष्टइण्डिज (२०१०)

तेश्रो संस्करणको विश्वकप वेस्ट इन्डिजले आयोजना गर्यो । तेश्रो संस्करणको उपाधि इग्ल्याण्डले जित्यो । इग्ल्याण्डले फाइनलमा अष्ट्रेलियालाई ७ विकेटले हराउँदै उपाधि जितेको हो । इग्ल्याण्ड श्रीलङ्कालाई ७ विकेटले र अष्ट्रेलिया पाकिस्तानलाई ३ विकेटले हराउँदै फाइनलमा पुगेका थिए । यस प्रतियोगितामा सहभागी १२ टोलीमध्ये अष्ट्रेलिया, पाकिस्तान र बङ्गलादेश समूह एमा, न्यूजिल्याण्ड, श्रीलङ्का र जिम्बाबे समूह बीमा, भारत, दक्षिण अफ्रिका र अफगानिस्तान   सीमा तथा  वेष्टइण्डिज, इग्ल्याण्ड र आयरल्यान्ड समूह डीमा रहेका थिए ।  

चौथो टी  २० श्रीलङ्का  (२०१२/२०१३)

आईसीसी टी २० विश्वकप क्रिकेटको चौथौ संस्करण श्रीलङ्कामा आयोजना भयो । यस संस्करणको उपाधि आयोजक श्रीलङ्कालाई ३६ रनले हराउँदै वेष्टइण्डिजले जित्यो ।श्रीलङ्का पाकिस्तानलाई १६ रनले र वेष्टइण्डिज अष्ट्रेलियालाई ७४ रनले हराउँदै फाइनलमा पुगेका थिए । चौथौ संस्करणमा पनि सहभागी १२ राष्ट्रलाई चार समूहमा विभाजन गरिएको थियो । समूह ए मा भारत, इग्ल्याण्ड र अफगानिस्तान  समूह बीमा अष्ट्रेलिया, वेष्टइण्डिज र आयरल्यान्ड, समूह सीमा दक्षिण अफ्रिका, श्रीलङ्का र जिम्बाबे र समूह डीमा पाकिस्तान, न्युजिल्याण्ड र बङ्गलादेश रहेका थिए ।  

पाँचौ संस्करण बङ्गलादेश (२०१३/२०१४)

आईसीसी टी २० विश्वकप क्रिकेटको पाँचौ आयोजना बङ्गलादेशमा भएको हो । यस प्रतियोगितामा श्रीलङ्काले भारतलाई ६ विकेटबाट हराउँदै उपाधि जितेको थियो । श्रीलङ्का वेष्टइण्डिजलाई २७ रनले र भारत दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै फाइनलमा पुगेका थिए । पाँचौ संस्करणमा आएर नेपालले पहिलो पटक आईसीसी टी २० विश्वकप क्रिकेट खेल्न पायो । यस प्रतियोगितामा नेपालले हङकङलाई ८० रनले र अफगानिस्तानलाई ९ रनले हराउँदै सनसनी मच्चाएको थियो । तर बंगलादेशसंग ८ विकेटले हारेपछि अघिल्लो चरण भने प्रवेश गर्न भने पाएन । १० वर्षपछि फेरि नेपाल सन २०२४ मा अमेरिका र वेष्टइण्डिजमा भईरहेको आइसिसी टी ट्वान्टी २० विश्वकप क्रिकेट सहभागी भएको छ । पाँचौ संस्करण १६ राष्ट्र सहभागी यस प्रतियोगितामा  २०२४ मा आएर २० टोलीले सहभागीता जनाएका छन।    

छैठौ संस्करण भारत (२०१५/२०१६)

आइसिसी टी २० विश्वकप क्रिकेटको छैठौ संस्करण भारतमा आयोजना भएको थियो । यस प्रतियोगितामा वेष्टइण्डिजले इग्ल्याण्डलाई ४ विकेटले हराउँदै उपाधि जितेको थियो । वेष्टइण्डिज आयोजक भारतलाई र इग्ल्याण्ड न्युजिल्याण्डलाई समान ७ विकेटले हराउँदै फाइनलमा पुगेका हुन । यस प्रतियोगितामा पनि दोश्रो पटक १६ राष्ट्रको सहभागीता रहेको थियो ।  

सातौँ आईसीसी टी २० ओमान /यूएई  (२०२१/२०२२)

आइसिसी टी ट्वान्टी २० विश्वकप क्रिकेटको सातौँ संस्करणको आयोजना संयुक्त रुपमा ओमान र युएईमा  भएको हो । यस प्रतियोगितामा अष्ट्रेलियाले उपाधि जित्यो । अष्ट्रेलियाले फाइनलमा न्युजिल्याण्डलाई ८ विकेटबाट हराउँदै उपाधि जितेको हो । अष्ट्रेलिया पाकिस्तानलाई ५ विकेटबाट तथा न्युजिल्याण्ड इग्ल्याण्डलाई ५ विकेटबाट हराउँदै फाइनलमा पुगेका हुन । यस प्रतियोगिता देखि सहभागी राष्ट्रको संख्या २० पुगेको थियो । पहिलो देखि चौथो संस्करण सम्म १२ /१२ तथा पाँचौ र छैठौ संस्करणमा १६/ १६ राष्ट्र सहभागी थिए ।  

आठौ टी २० अष्ट्रेलिया (२०२२/२०२३)

आईसीसी टी २० विश्वकपको आठौ संस्करणको आयोजना अष्ट्रेलियाले गर्यो । आठौँ संस्करणको उपाधि इग्ल्याण्डले हात पारेको थियो । इग्ल्याण्डले फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि चुम्यो । इग्ल्याण्ड भारतलाई १० विकेटले र पाकिस्तान न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै फाइनलमा पुगेका थिए । यस प्रतियोगिता दोश्रो पटक  सहभागी राष्ट्रको संख्या २० पुगेको थियो ।  

नवौँ संस्करण अमेरिका/ वेस्ट इण्डिज (२०२४)

आईसीसी टी २० विश्वकप क्रिकेट अमेरिकामा सुरु भएको छ । नवौँ संस्करणको संयुक्त आयोजना अमेरिका र वेष्टइण्डिजले गरिरहेका छन । यस प्रतियोगितामा  सहभागी २० राष्ट्रलाई पाँच समूहमा विभाजन गरिएको छ । नेपालले दोश्रो पटक आइसिसी टी २० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको छ । नेपालको समूह डीमा बङ्गलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलङ्का रहेका छन् । सन् २०१४ मा भएको विश्वकपमा सहभागी सोमपाल कामीबाहेक नेपालका सबै खेलाडी नयाँ छन् ।  

प्रकाशित: २० जेष्ठ २०८१ १९:३५ आइतबार

आईसीसी टी २० विश्वकप क्रिकेटको नालीबेली पहिलोदेखि नवौंसम्म