१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

आईसीसी टी–२० विश्वकप: 'स्टप क्लक नियम' बलिङ्ग टिमका लागि टाउको दु:खाइ बन्ने

आईसीसी टी–२० विश्वकप क्रिकेट आइतवार अर्थात् २ जुनबाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा सुरु हुँदैछ।

टी–२० विश्वकप क्रिकेटमा २० टोलीलाई ४ समूहमा बाँडिएको छ। जसमा समूह ‘ए’ मा भारत, पाकिस्तान, आयरलैंड, कनाडा र अमेरिका, समूह ‘बी’ मा बेलायत, अस्ट्रेलिया, नामीबिया, स्कटल्यान्ड र ओमान, समूह ‘सी’ मा न्यूजील्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पापुआ न्यू गिनी अनि समूह ‘डी’ दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश, नेदरल्यान्ड्स र नेपाल रहेका छन्।

सन् २०२४ को टी–२० विश्वकप क्रिकेटमा विश्वका २० टिमले सहभागीता जनाउने छन्। जसमा ३ राष्ट्र नयाँ टिम हो। विश्वकपको फाइनल २९ जुनमा हुनेछ।

सबै टिम विश्वका लागि निकै उत्साहित र तयारी अवस्थामा छन्। तर, यसपटकको विश्वकपमा बलरहरूका लागि आईसीसीले नयाँ नियम लागू गरेको छ। जुन बलरहरूका लागि टाउको दुखाईको विषय बन्ने भएको छ।

उक्त नयाँ नियमका अनुसार अम्पायरले बलरमाथि जरिवाना लगाउन पाउने भएका छन् भने ब्याटिङ्ग गर्ने टिमले सित्तैमा ५ रन पाउने भएको छ।

नयाँ नियमका अनुसार खेलमा समय खेर नजाओस् भनेर अम्पायरसँग स्टप क्लक रहने छ। जसमा २ ओभरको अन्तरालमा ६० सेकेन्डभन्दा बढी समय लिन पाउने छैनन्।

यो नियमलाई स्टप क्लक नाम दिइएको छ। यो नियम परीक्षणको रुपमा सन् २०२३ डिसेम्बर देखि २०२४ अप्रिलसम्मको पुरुष एक दिवसीय र टी–२० क्रिकेटमा लागू गरिएको थियो। अब उक्त नियमलाई स्थायी रुपमा लागू गरिएको छ।

स्टप क्लक नियम अनुसार बलिङ्ग रोज्ने टिमलाई पछिल्लो ओभर सकिएको ६० सेकेन्ड भित्र अर्को ओभर सुरु गरिसक्नु पर्नेछ। इदि यो नियम ३ पटकसम्म तोडियो भने ब्याटिङ्ग गर्ने टिमलाई ५ रन थपिने छ। हाल क्रिकेटमा स्लो ओभर रेटको नियम लागू छ।

नियम अनुसार एक दिवसीयमा ३.५ घन्टामा ५० ओभर र टी–२० मा १.२५ घन्टामा २० ओभर बलिङ्ग गर्नुपर्ने हुन्छ। यसको उल्लङ्घन भएमा जरिवाना लगाइन्छ।

प्रकाशित: १७ जेष्ठ २०८१ ११:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App