३ असार २०८१ सोमबार
image/svg+xml
खेल

आईपीएल विजेताले कति पाए पुरस्कार राशी ?

१७ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) ले आफ्नो विजेता पाइसकेको छ। आइतवार भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै कोलकोत्ताले १० वर्ष पछि आईपीएलको उपाधि उचालेको छ।

चेन्नईस्थित एमए चिदम्बरम् क्रिकेट स्टेडियममा भएको खेलमा हैदरावादले टस जितेर पहिला ब्याटिङ्ग गर्दै निर्धारित २० ओभरमध्ये १८.३ ओभर खेल्दै सबै विकेट गुमाएर ११३ रन मात्रै बनाउन सक्यो।

सुरुदेखि नै खराब प्रदर्शन गरेको हैदरावादसँग इतिहास दोहोर्याउने मौका थियो। तर, सकेन। परिणाम स्वरुप कोलकोत्ताका रहमानुल्लाह गरबाजको ३६ र वेङ्कटेश अय्यरको ५२ रनको सानदार पारीले कोलकोत्तालाई सहज जित दिलायो। योसहित कोलकोत्ताले तेस्रोपटक आईपीएलको उपाधि उचालेको छ।

हैदरावादलाई सुरुदेखि नै दबाबमा राख्दै कोलकोत्ताका आन्द्रे रसेलले २४ रन खर्चिदै ३ विकेट, मिचेल स्टार्कले १४ रन खर्चेर २ विकेट र हर्षित रानाले २४ रन खर्चेर २ विकेट लिए भने वरुण चक्रवर्तीले ९ रन खर्चेर १, सुनिल नरेनले १६ रन खर्चेर १ अनि वैभव अरोडाले २४ रन खर्चेर १ विकेट हात पारे।

क्रिकेटको महाकुम्भ भनेर चिनिने आईपीएल सकिएसँगै विजेता र उपविजेतासहित अन्तिम ४ मा स्थान बनाएका टिमले पनि ठूलो पुरस्कार राशी प्राप्त गरेका छन्।

आईपीएल म्याचको १७ औँ विजेता टिम कोलकोत्ताले २० करोड भारतीय रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको हैदरावादले १२ करोड ५० लाख भारतीय रुपैयाँ प्राप्त गरेको छ। यस्तै तेस्रो स्थानमा रहेको राजस्थान रोयल्सले ७ करोड र चौथो स्थानको रोयल च्यालेन्जर्स बैङ्गलुरुले ६ करोड ५० लाख भारतीय रुपैयाँ प्राप्त गरेको छ।

प्रकाशित: १४ जेष्ठ २०८१ ०९:४१ सोमबार

#ipl - indian premier league #Sunrisers_Hyderabad #kolkottanight_riders #sunil_narin