२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

एसियन आमन्त्रित तेक्वान्दो आजदेखि

प्रथम सिएच आइटिएफ एसियन आमन्त्रित तेक्वान्दो च्याम्पियनसिप आजदेखि ललितपुरमा सुरु हुँदैछ।

नेपाल चाङ हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको आयोजनामा सातदोबाटोस्थित कराते हलमा तीन दिनसम्म आयोजना हुने च्याम्पियनसिपमा आयोजक नेपालसहित मलेसिया, बंगलादेश, भारत, चीन, पाकिस्तान, भियतनाम, फिलिपिन्स, श्रीलंका र सिंगापुरका खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।

आयोजकले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो। करिब दुई हजार पाँच सय खेलाडीले समान ८५ स्वर्ण तथा रजत र ११६ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।

शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले ट्रफी पाउनेछन्। प्रतियोगितामा स्पाइरिङ र कातामा प्रतिस्पर्धा हुनेछन्। पुरुषको स्पाइरिङतर्फ जुनियरमा २० केजीमुनि, २१ देखि २६ केजी, २७ देखि ३२ केजी, ३३ देखि ३८ केजी, ३९ देखि ४४ केजी, ४५ देखि ५० केजी, ५१ देखि ५६ केजी, ५७ देखि ६२ केजी, ६३ देखि ६८ केजी, ६९ देखि ७४ केजी र ७४ केजीभन्दा माथि तौलसमूहमा प्रतिस्पर्धा हुने भएको छ।

जुनियर महिलामा २० केजीमुनि, २१ देखि २६ केजी, २७ देखि ३२ केजी, ३३ देखि ३८ केजी, ३९ देखि ४४ केजी, ४५ देखि ५०, ५१ देखि ५६ केजी, ५७ देखि ६२ केजी र ६२ केजीभन्दा माथि तौलसमूहमा प्रतिस्पर्धा हुँदै छ। स्पाइरिङकै सिनियर पुरुषतर्फ ४४ केजीमुनि, ४५ देखि ५० केजी, ५१ देखि ५६ केजी, ५७ देखि ६२ केजी, ६३ देखि ६८ केजी, ६९ देखि ७४ केजी, ७५ देखि ८० केजी र ८० केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजकले उल्लेख गरेको छ।

यसै विधाको सिनियर महिलामा ३८ केजीमुनि, ३९ देखि ४४ केजी, ४५ देखि ५० केजी, ५१ देखि ५६ केजी, ५७ देखि ६२ केजी, ६३ देखि ६८ केजी, ६९ देखि ७४ केजी र ७४ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ। एकल कातातर्फ पुरुषमा एलो, ग्रिन, ब्ल्यु, रेड, ब्ल्याक बेल्ट (पहिलोदेखि पाँचौं डन) तथा महिलामा एलो, ग्रिन, ब्ल्यु, रेड, ब्ल्याक बेल्ट (पहिलोदेखि पाँचौं डन) चुनौती प्रस्तुत हुँदै छ।

समूह कातातर्फ पुरुषमा सिनियर (ब्ल्याक बेल्ट), जुनियर (कलर बेल्ट) तथा सिनियर महिलामा ९ब्ल्याक बेल्ट० र जुनियर ९कलर बेल्ट० प्रतिस्पर्धा हुने तय गरिएको आयोजकले उल्लेख गरेको छ।

प्रकाशित: ११ जेष्ठ २०८१ ०७:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App