२ असार २०८१ आइतबार
image/svg+xml
खेल

विराट कोहलीको त्यो सपना जो पूरा हुन सकिरहेको छैन

इन्डिय प्रिमियर लिग (आईपीएल) को १७ औं संस्करण अब अन्तिम चरणतर्फ छ। आइतवार १७ औँ संस्करणले आफ्नो विजेता पाइहाल्छ भने सिजन पति समाप्त हुन्छ। अनि एक वर्षसम्म आईपीएलको चर्चा हुन छोड्छ। तर, यी सबमा एक टिम र त्यस टिमका उत्कृष्ट खेलाडी सँधै चर्चामा आइरहन्छन्। र, त्यो टिम हो रोयल च्यालेन्जर्स बैङ्लुरु र तीनका एक से एक खेलाडी।

रोयल च्यालेन्जर्स बैङ्लुरु एक यस्तो टिम हो आईपीएलको जसले हालसम्म एउटा पनि उपाधि हात पार्न सकेको छैन। सन् २००८ बाट सुरु भएको आईपीएलको फाइनलमा ३ पटक पुगेर पनि बैङ्लुरुले उपाधि जित्न सकेन। जबकी जारी सिजनमा कमजोर सुरुआतबाट धमाकेदार कम ब्याक गर्दै प्ले अफसम्म पुगेर पनि बैङ्लुरु उपाधिभन्दा २ कदम अघि नै बाहिरिएको छ। अर्थात् यस सिजनमा पनि उसको उपाधि सपना अधुरै रह्यो।

बैङ्लुरु टिममा कमजोर, नाम नचलेका खेलाडी होइन विश्व किर्तिमान कायम गरेका र नाम चलेका विश्व चर्चित खेलाडीहरू छन्। जसलाई फ्रोन्चाइजले महँगो रकममा किनेको छ। ती खेलाडीहरूमा सबैभन्दा पहिलो नाम आउँछ विराट कोहलीको। विराट भारतीय क्रिकेट मात्रै होइन विश्व क्रिकेट गजतकै लागि किर्तिमानी कायम गरेका खेलाडी हुन्। हुन त उनी २०११ बाट मात्रै बैङ्लुरु टिमका लागि खेलिरहेका छन्। २०११ म पनि बैङ्लुरु फाइनलमा पुगेको थियो। तर, चेन्नई सुपर किङ्ग्ससँग ५८ रनले पराजित भयो। त्यसपछि सन् २०१६ मा पनि बैङ्लुरु फाइनलमा पुग्यो र सनराइजर्स हैदरावादसँग ८ रनले पराजित भयो। जबकी सन् २००९ मा पहिलो पटक फाइनलमा पुगेको बैङ्लुरु डेक्कन चाजर्ससँग ६ रनले पराजित भएको थियो।

जारी सिजनमा बैङ्लुरु प्ले अफमा पनि पुग्छ भन्ने कसैले पनि कल्पनासमेत गरेको थिएन। कारण, सुरुआती ८ खेलमध्ये ७ खेल गुमाइसकेको बैङ्लुरुको प्ले अफ यात्रा सबैका लागि कठिन थियो। तर, पछिल्लो ६ खेलमा लगातार जित निकाल्दै बैङ्लुरुले प्ले अफको यात्रा तय गर्‍यो।

प्ले अफमा पुगेपछि बैङ्लुरुका फ्यानहरू पनि निकै उत्साहित भए। उपाधिभन्दा २ कदम पर रहेको बैङ्लुरुले धमाकेदार प्रदर्शन गर्दै आएको छ। अब उसले क्वालिफायरको यात्रा पनि तय गर्छ। तर, एलिमिनेटरमा राजस्थान रोयल्ससँग ४ विकेटले पराजित भएपछि उसको चौतर्फी आलोचन हुन थालेको छ।

जारी सिजनमा विराटको सानदार प्रदर्शन रह्यो। उनले १५ खेलमा ७४१ रन बनाए। उनको ब्याटिङ्गले ६१.७५ को एभरेज र १५४.७० को सट्राइक रेटले रन जोडे। उनले यस सिजनमा ३८ छक्का प्रहार गरे। तर, अन्तिममा उनको आईपीएल उपाधि जित्ने सपना अधुरै रह्यो।

कोहली मात्रै होइन बैङ्लुरुका कप्तान फाफ डु प्लेसिस पनि फर्ममै थिए। उनले जारी सिजनमा ४३८ रन जोडे भने रजत पाटीदारले ३९५ रन बनाए।

त्यसबाहेक अनुज रावत, सौरभ चौहान, रजत पाटीदार र दिनेश कात्र्तिक पनि राम्रै फर्ममा थिए भने अलराउन्डर क्यामरुन ग्रिन, आकाश दीप, टम कुरान, विल ज्याक्स, ग्लेन म्याक्स वेलले पनि राम्रै प्रदर्शन गरे। जबकी बलरतर्फ मोहम्मद सिराज, यश दयाल, मयन्क डागर, करण शर्मा, स्वपनील सिंहले राम्रो प्रदर्शन गरे। तर, एलिमिनेटरमा केहीको जादू चल्यो भने केहीको जादू चलेन। जसको नतिजा बैङ्लुरु र उसका फ्यानले भोगेको छ।

यसलाई बैङ्लुरुका लागि संयोग भन्ने वा कोहलीको टिमका लागि प्रत्येक वर्ष आईपीएलको उपाधि जित्न नसक्ने पीडा भन्ने। हुन त क्रिकेटलाई जे पनि हुन सक्ने खेलको रुपमा लिन सकिन्छ। त्यसकारण बैङ्लुरुको लागि यो वर्ष पनि उपाधि जित्न नसक्नुको पीडा रहिरहने छ।

१० वर्षसम्म बैङ्लुरुको कप्तानी सम्हालेका कोहलीले आफ्नो क्यापटेनसिपमा उपाधि दिलाउन नसकेपनि उनी टिममा हुँदा त उपाधि दिलाउँछन् की भन्ने आशा उनका फ्यानलाई छ। अब हेर्न बाँकी छ उनको उपस्थितिमा कुन सिजनमा बैङ्लुरुले आईपीएलको उपाधि हातपार्छ।

प्रकाशित: १० जेष्ठ २०८१ १४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App