१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

गर या मरको म्याचमा दिल्लीको जित, लखनउलाई प्ले अफमा पुग्न कठिन

दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आफ्नो प्ले अफको सम्भावनालाई कायमै राखेको छ।

गयराति सम्पन्न खेलमा लखनउ सुपर जाइन्ट्सलाई १९ रनले हराउँदै दिल्लीले आफ्नो प्ले अफको सम्भावनालाई बलियो बनाएको हो।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको दिल्लीले निर्धारित ओभरमा ४ विकेट गुमाएर २०८ रन बनायो। २०९ रनको लक्ष्यसहित मैदान उत्रेको लखनउले निर्धारित ओभर खेल्दै ९ विकेटको क्षतिमा १८९ रन मात्रै बनाउन सक्यो।

दिल्लीको जितका लागि अविशेक पोरेलले सर्वाधिक ५८ रन बनाए भने ट्रिस्ट स्टब्सले ५७ रनको पारी खेले। साई होपले ३८ र कप्तान ऋषभ पन्तले ३३ रनको योगदान गरे।

लखउनलाई जितबाट रोक्नका लागि ईशान्त शर्माले ३३ रन खर्चेर ३ विकेट लिए भने खलिल अहमद, अक्षर पटेल, मुकेश कुमार, कुलदिप यादव र ट्रिस्टनले समान १÷१ विकेट हात पारे।

हालसम्म १४ खेल खेलेको दिल्लीले ७ मा जित निकाल्दै अङ्क तालिकाको पाँचौ स्थानमा उक्लेको छ।

अब हुने ३ खेलमा सनराइजर्स हैदरावाद, चेन्नई सुपर किङ्ग्स र लखनउले हार व्यहोरेको खण्डमा मात्रै दिल्ली प्ले अफमा पुग्न सक्छ। यता पराजित बनेको लखनउको प्ले अफमा पुग्ने गणित बिग्रेको छ। लखनउले हालसम्म १३ खेलमध्ये ६ मा जित हात पारेको छ र उसको १२ अङ्क छ। खराब रनरेटका कारण लखनउले आफ्नो अन्तिम खेलमा जित निकाले पनि उसको प्ले अफमा पुग्ने सम्भावना कठिन छ। 

प्रकाशित: २ जेष्ठ २०८१ ०६:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App